बाँके : कार्यालयका कर्मचारीमा कोरोना

नेपालगन्जमा तीन वटा कार्यालयका कर्मचारीका कोरोना देखिएको छ । आन्तरिक राजश्व कार्यालय र एक एनजिओमा कार्यरत कर्मचारीमा यसअघि कोरोना देखिएको थियो भने आइतबार यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।


यसले बाँकेमा कोरोनाको जोखिम बढ्दै गएको देखाएको छ । यसअघि विदेशबाट फर्किएर क्वारेन्टाइनमा रहेका, कोरोना विरुद्ध अंग्रपंक्तिमा काम गरेका र उनीहरुको सम्पर्कमा रहेकालाई मात्रै कोरोना देखिएको थियो । पछिल्ला कोरोना पोजेटिभले समुदायसम्म कोरोनाको संक्रमण पुगेको आशंकामा बल पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ सबैलाई सतर्क रहन आव्हान गरिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया