कोरोनाः लकडाउन हट्यो, संक्रमण थपियोे

सरकारले कोरोना कहरविरुद्ध संक्रमण न्यूनिकरणका लागि लगाएको लकडाउन हटाएको पहिलो दिन बुधवार पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसबीच दुई जनाको २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक मृत्यु भएको छ । पोखरामा कार्यरत चिनियाँ नागरिक स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् । उपचारका क्रममा बुधबार विहान उनको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्‍यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर साउन २ मा अस्पताल पुगेका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ६ गते मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना लागेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

बाँकेमा तीन जना सहित सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६र६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ । बर्दियामा पनि तीन जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । उनीहरुमध्ये ४२ जनाको मृत्यु भएको छ भने १२ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २०७ जना डिस्चार्ज भएका छन् ।
लकडाउन हटाइएपनि संक्रमण नरोकिएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया