बाँकेमा पनि सलह, नेपालगन्जमा पनि आइपुग्यो

बाँकेमा पनि सलह किराले प्रवेश गरेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुदै बुधबार डुडुवामा प्रवेश गरेको हो । नेपालगन्जमा पनि सलह देखिएको छ । सलह कारण किसान चिन्तित देखिएका छन् । हुलका हुल सलह नेपालगन्ज आइपुगेको हो ।


डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको स्थानीय कृषकलाई उद्धृत गर्दै गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले बताएका छन् ।
डुडुवामा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन् । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानले त्यसको नियन्त्रणका लागि सम्वन्धित निकायसंग गुहार मागेका छन ।


डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनले सलह किरा एक्कासी प्रबेश गरेपछि कृषिबालीलाई निकै क्षति पुर्याउने भएकाले किसानहरु आफै सर्तकता अपनाएर जोखिमबाट बच्न आग्रह गरेका छन् । सलह किरा संकलन गर्नेलाई गाउँपालिकाले प्रतिकिलो रु २० मा समेत उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए । बुधबार देखिएको सलहलाई किसानहरुले विभिन्न उपाय अपनाएर धपाउनमा जुटेका छन ।

प्रतिक्रिया

प्रतिक्रिया