हतियार सहित भारतीय नागरिक पक्राउ


हत्या योजना सहित प्रवेश गरिरहेका बेला प्रहरीको फन्दामा

बाँके नरैनापुर गाउँपालिका वडा नं.४ घोडदौरिया नाकाबाट नेपाल तर्फ हतियार सहित प्रवेश गरिरहेका एक भारतीय नागरिकलाई प्रहरीले केहि बेर अघि पक्राउ गरेको छ ।
भारतबाट मल तस्करी समेतमा भूमिका खेल्दै आएका र गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोड कार्यमा समेत संलग्न रहेका सिमावर्ती क्षेत्र भारत श्रावस्ती बस्ने नागरिक भएको प्रहरीले जनाएको छ ।


घटना बारे अनुसन्धान भइरहेको र ब्यक्तिको पहिचान तथा थप विवरण बारे केहि बेरमा खुलासा गरिने इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले बताए । उनलाई पेस्तोलमा प्रयोग हुने गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया