पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण भन्दा निको भएर घर जानेको संख्या बढी देखिएको छ । शनिवार थप ७० जनामा पुष्टि भएको छ भने ४३१ जना निको भएर डिस्चार्ज भएका छन् । बाँकेमा २ सहित प्रदेश ५ मा १० जनामात्र नयाँ संक्रमणका घटना पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार, कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेको छ।
यसैबीच, कोरोना संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर(४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै कोरानाबाट ज्यान जानेको संख्या ३८ पुगेको छ ।