कोरोनाः मृत्यु हुनेको संख्या ३४ पुग्यो, १५ हजार ४९१ मा संक्रमण, बाँकेमा थपिए पाँच संक्रमित

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।


नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेमा थपिए पाँच संक्रमित

बाँकेमा कोरोनाका ५ संक्रमित थपिएका छन् । भेरीमा गरिएको परीक्षणमा कोहलपुरका दुई जना, जानकी, राप्तीसोनारी र बैजनाथका एक एक जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार अछामका ३७ र सप्तरीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६र६ जनाको रिपोर्ट पनि पोजेटिभ आाएको छ ।


झापाका ५ जना, रुपन्देही र नवलपरासीका ४र४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३र३ जना, प्युठान र रोल्पाका २र२ जना तथा दैलेख, इलाम, स्याङजा र तनहुँका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया