बाँकेमा दुई जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको ल्याबमा गरिएको कोरोना परिक्षणको शनिबार दिउसो १ बजे सार्वजनिक भएको नतिजा अनुसार बाँकेमा २ जना संक्रमित थपिएका हुन् ।
अस्पतालले दिएको जानकारी अनुसार, राप्तीसोनारी ८ का २५ वर्षिय पुरुष र कोहलपुर–८ का ३५ वर्षिय पुरुष हुन् । सो रिर्पोटको अनुसार बर्दियाको मधुवनका २ जना, ठाकुरबाबा र गेरुवाका १–१ जनामा संक्रमण पुष्टि भएको छ । हेर्नुस् सूची
यसैबीच, बाँकेमा कोरोना पोजिटिभ ३०४ निको भएका छन् । कोबिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणबाट मुक्त भई शनिवारमात्रै २३ जना घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जको आदर्शनगर आईशोलेशन सेन्टरबाट राप्तीसोनारी गाउपालिकाका ११ जना, कृषि तालिम केन्द्र खजुराको आईसोलेशन सेन्टरबाट खजुराका ३ र सुशील कोईराला प्रखर क्यान्सर कोरोना अस्पतालबाट नेपालगञ्जको १, राप्तीसोनरीका २, बर्दियाका ५ गरी ८ जना कोरोना मुक्त भएर डिस्चार्ज हुने भएका हुन । अब बाँकेका विभिन्न आईशोलेशनमा शनिबारसम्म ४६ जना कोरोना संक्रमित छन् ।









