बाँके प्रहरीले आधा दर्जन अपराधमा संलग्न भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) का एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले बाँके जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक वनकट्टी गा.वि.स.वडा नं.५ हाल डुडुवा गा.पा.वडा नं.३ वस्ने वर्ष ३१ को धर्मा सिंह भन्ने राजेश यादवलाई सोमबार पक्राउ गरेको हो ।