सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकसंग माग गरेको अर्को दिन सोमबार होटल ब्यवसायी संघ बाँके नेपालगन्जले ज्ञापनपत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटासंग भेटघाटसंगै संघले बैंक मार्फत सरकारले दिएको ब्याज लगायतका छुटको प्रभावकारी कार्यान्वयनका लागि ध्यानार्कषण गराउँदै ज्ञापनपत्र बुझाएको अध्यक्ष भिमलाल कंडेलले बताए ।
भेटमा व्यवसायीले केही बैंक तथा वित्तीय संस्थाले ब्याज छुट कार्यान्वयन नगरेको गुनासो गरेका छन् । लकडाउनको अवधिमा सावा, ब्याज बुझाउन समस्या रहेको भन्दै व्यवसायीले समय थप गर्न माग गरेका छन् । तर घोषणा भएकै सहुलित दिन समेत केही वित्तीय संस्थाले अनाकानी गरेको व्यवसायीको गुनासो छ । हाेटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले लगायतका अगुवा व्यवसायीले राखेको गुनासोमा राष्ट्र बैंकका निर्देशक सापकोटाले नियमनको कार्य प्रभावकारी बनाउने विषयमा निश्चित हुन आग्रह गरेका थिए । यसअघि खुद्रा ब्यबसायी संघले पनि नेपाल राष्ट्र बैंकमार्फत सरकारसंग यस्तै गुनासा राखेको थियो ।