प्रेस स्वतन्त्रता नागरिकको अधिकारको आधार हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको आधार स्तम्भ स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

बदलिँदो परिवेशसँगै सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य झन् चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । “देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा अडिग रहने सञ्चारकर्मीप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,” उनले उल्लेख गरेका छन् ।

थापाले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकको जान्न पाउने अधिकारको संरक्षणका लागि आवश्यक आधार भएको बताएका छन् । “सत्य लेखेकै कारण कसैले पनि डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो,” उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया