कोरोना भाइरसको जोखिमका कारण गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएपछि बाँकेमा भारतबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । भारत तथा तेस्रो देशबाट आउने नागरिक कोरोना संक्रमित हुनसक्ने भएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर फर्काउने गरिएको छ ।
भारतबाट आउने नेपालीको संख्या बढ्दै गएपछि बाँकेमा क्वारेन्टाइनको संख्या पनि बढाउँदै लगेका छन् । हालसम्म बाँकेका आठ स्थानीय तहमा १ सय ११ वटा क्वारेन्टाइन बनाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले हालसम्म क्वारेन्टाइनबाट ९ हजार ३ सय ८७ जना घर फर्किएको जानकारी दिएको छ ।








