कोरोनाबाट मृत्यु: यसरी हुन्छ शव व्यवस्थापन (हेर्नुस् भिडियो)

बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिलाको मृत्यु पछि पीसीआर चेकजाँच गर्दा मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ नतिजा आएको थियो ।

फोक्सोमा समस्या देखिएपछि जेठ ३० गते अस्पताल भर्ना भएकी उनको सोमबार बेलुका मृत्यु भएको थियो । उनको मंगलबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेमा कोभिडका कारण मृत्यु हुनेको संख्या दुई पुगेको हो भने देशभर २० पुगेको छ । यसअघि बाँकेको नरैनापुरको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको थियो ।
बुधवार नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापन गरेको हो ।
(हेर्नुस्, डा. देवेन्द्र आचार्यको सहयोगमा तयार गरिएको भिडियो रिपोर्ट)

प्रतिक्रिया

प्रतिक्रिया