यस्तो छ, प्रदेश ५ सरकारको स्वास्थ्य बजेट

आगामी आर्थिक वर्षको बजेटमा प्रदेश ५ सरकारले स्वास्थ्य पूर्वाधारलाई बजेट प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो प्रस्तुत गरेको बजेटमा कोभिड—१९ को महामारीसँग जुध्न प्रदेश सरकारले स्वास्थ्य बजेटमा दिएको प्राथमिकता झल्कन्छ । स्वास्थ्य सेवा सुधारमा प्रदेश सरकारले शुरुदेखि नै प्राथमिकता दिएको हो, स्वाथ्य बजेटबारे मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी भन्छन्, स्वास्थ्य सेवा सुधार र पूर्वाधार विस्तारमा ध्यान दिएकाले अहिले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार हुँदै आएको छ ।
सरकारको यो प्रयासमा सबैले सहयोग गरौं, सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने अभियानमा हातेमालो गरौं, भन्ने मुल नारा अघि सारेको आगामी आवको लागि प्रदेश सरकारले निम्न अनुसार बजेट विनियोजन गरेको छ ।
१। गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न जिल्लास्थित अस्पतालहरूलाई ५० शैयाको अस्पतालमा स्नरोन्नति गरी सेवा बिस्तार गर्ने नीतिअनुरूप स्तरोन्नति हुन बाँकी रहेका रूकुम पूर्व अस्पताल, रोल्पा अस्पताल, कपिलवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, पाल्पा अस्पताल र भीम अस्पताललाई ५० शैयामा स्तरोन्नति गरी सेवा बिस्तार गरिने । त्यसका लागि १५ करोड रुपैंया विनियोजन ।
२।स्थानीय तहसँगको लागत सहभागितामा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्न ५ करोड रुपैंया विनियोजन ।
३।प्रदेश मातहतका सरकारी अस्पतालको पूर्वाधार विकास गर्न रुपन्देहीको भीम अस्पताल, रुकुम पुर्वको जिल्लास्तरीय अस्पताल, बर्दिया अस्पताल र नवलपरासीको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन निर्माण कार्यका लागि २३ करोड ९० लाख विनियोजन ।
४।कोभिड लगायतका सरुवा तथा संक्रामक रोगको रोकथाम, नियन्त्रणा र उपचार एवं प्रयोगशाला परीक्षण सेवासहित कम्तिमा एकसय शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गरिने ।
५।प्रदेशमा कोभिड महामारीको सबैभन्दा बढ्ता प्रकोप देखिएको जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रण तथा उपचार अस्पताल निर्माण शुरू गर्न १ करोड विनियोजन ।
६।विभिन्न अस्पतालहरूमा सञ्चालनमा रहेका प्रयोगशालाहरूको क्षमता विकास गरी थाइराइड, लिपिड प्रोफाइल लगायत वायोकेमेष्ट्री परीक्षण सेवा प्रदान गर्नका लागि रू। १ करोड ७५ लाख विनियोजन ।

७। दाङको लमहीमा आधुनिक र सुविधा सम्पन्न ट्रमा सेन्टर निमार्ण थालनी गर्न ५ करोड विनियोजन ।
८।बिजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालय र बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालयलाई प्रदेशको लागि आवश्यक आयुर्वेदिक औषधी उत्पादन केन्द्रको रुपमा विकास गरी प्रदेशलाई आयुर्वेदिक औषधीमा आत्मनिर्भर बनाउन आवश्यक बजेट विनियोजन । साथै, बाँके र कपिलवस्तुका आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणाका लागि १ करोड ५ लाख विनियोजन ।
९। स्वास्थ्य उपकरणहरूको मर्मत संभार गर्ने जनशक्तिको उत्पादन गर्नका लागि रुपन्देहीको शिक्षा तालिम केन्द्रको परिसरमा बायोमेट्रिकल उपकरण प्राविधिक विद्यालय स्थापना गरी बायोमेट्रिकल इन्जिनियरिङमा डिप्लोमा कोर्स सञ्चालनका लागि १ करोड ५ लाख विनियोजन ।
१०। विशेष उपचारका लागि प्रदेशबाहिर जानुपर्ने स्थितिमा कमि ल्याउन लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न आवश्यक बजेट विनियोजन
११। स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवाहरूको पहुँच वृद्धिका लागि जिल्लास्थित अस्पतालहरूमा दन्त सेवा, आँखा उपचार सेवा र फिजियोथेरापी लगायतका सेवा बिस्तार गर्न ८ करोड ३० लाख विनियोजन
१२। प्रदेश र स्थानीय तहको लागत साझेदारी हुने गरी कोभिडको प्रकोपस्थल बन्न पुगेको बाँकेको नरैनापुर र शान्तिप्रक्रियाको थालनी भएको ऐतिहासिक स्थल दाङको हापुरेमा रहेका स्थानीय तह मातहतका स्वास्थ्य संस्थाको संरचना निर्माण र सेवा बिस्तारको लागि ३ करोड विनियोजन ।

प्रतिक्रिया

प्रतिक्रिया