बाँके : ४ हजार १ सय ६५ को पीसीआर, २ सय १३ पोजेटिभ, क्वारेन्टाइनमा आरडीटीमै जोड

बाँकेमा हालसम्म ४ हजार १ सय ६५ जनाको पीसीआर चेकजाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा आठ स्थानीय हालसम्मको पीसीआर परीक्षणमा ३ हजार ९ सय ५२ को रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभको संख्या भने २ सय १३ रहेको छ ।

बाँकेमा सबैभन्दा कम पीसीआर बैजनाथ गाउँपालिकामा भएको छ भने सबैभन्दा बढी परीक्षण बाँकेमा गरिएको छ ।

लक्षण नभएकाको आरडीटी परीक्षण गरी घर फर्काइने

बाँकेका क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरी घर फर्काइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले गाउँपालिकाहरुलाई क्वारेन्टाइनबाट डिस्चार्ज तथा व्यवस्थापन सम्बन्धमा पत्र प्रेषित गर्दै कोभिड १९ को लक्षण नभएका सबैको आरडीटी परीक्षण गरी घर फर्काइने जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालयले आरडीटी परीक्षणमा पोजेटिभ भएका व्यक्तिको पीसीआर प्रविधिबाट परीक्षण गर्न स्वाब कलेक्सन गरी सो बोहक अन्य आरडीटी नेगेटिभ भएका र पीसीआर प्रविधिबाट नेगेटिभ भएका व्यक्तिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटोकल बमोजिम होम क्वारेन्टाइनमा ७ दिन बस्नेगरी पठाउने व्यवस्था मिलाउन हुन अनुरोध गरेको छ ।

स्वास्थ्य कार्यालयले क्वारेन्टाइन व्यवस्थापन गर्न बाहिरबाट क्वारेन्टाइनमा आउने व्यक्तिको मितिका आधारमा छुट्टाछुट्टै रहने व्यवस्था मिलाउने र परीक्षण गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया