र मेरो साइकल यात्रा सतिश निरौला आज बिश्व साइकल दिवश हामी साइकल कुदाउनेहरुका लागि ठुलो पर्व वा उत्सव को दिन तर कोभिड१९ को महामारी का बिच यो ओझेलमा पर्यो यसबर्ष।सायद यो लकडाउन को अवस्था हुँदैन थियो त आज नेपालगन्ज मात्र होईन सन्सार भरका साइकलप्रेमिहरु आआफ्नो ठाउँमा उत्साह का साथ उत्सव मनाइरहेका भेटिन्थे ।
साइकल मा मैले पहिलो पाइडल कहिले मारे त्यो मिति ठ्याक्कै याद त छैन तर कक्षा ६ पढ्न अलि पर जानुपर्ने भयो हिडेर जान टाढा नै थियो म खजुरा एकनम्बर बस्थे मैले स्कुल जनता माबी सन्तकुटी रोजे अनि साइकल त नभै नहुने भयो र मैले पहिलोपटक आफ्नो निजि स्वामित्व रहने गरि सानो सेकेन्ड ह्यान्ड साइकल पाए त्यो भन्दा पहिला पनि साइकल मा कैँची मार्दै एसो साइकल भेट्ने बित्तिकै खुबै कुदाइन्थ्यो। म सानै देखी राजनीति प्रति चासो र रुचि राख्थे स्कुल पढ्दा देखिनै बिद्यार्थी संगठनको जिल्ला तहमा भएको ले अन्य स्कुलमा समेत अनेरास्ववियु का कमिटी बनाउन कुद्नु पर्थ्यो अनि तातोघाम होस् वा मुटु कमाउने ठन्डी मारिन्थ्यो पाइडल दौडाइन्थ्यो साइकल ।
अनेरास्ववियु मा काम गरेकोले देशभर नै नेटवर्क बनेको छ राजनीतिक रूपमा थुप्रै साथीहरू भएका छन् र पछिल्लो समय साइकल अभियान मा सहभागी भएबाट झन् अर्को मज्जाको सर्कल साइकलेहरु को थपियो, राजनीति मा त स्वार्थ हुन्छ, गुट उपगुट हुन्छ तर साइकलेहरु को साइकल को चेनले जोडेको सम्बन्ध मा गज्जब को प्यार मोहब्बत हुन्छ गजबको माया एकपटक जोडिए टुट्नै गाह्रो ।
अहिले मैले पनि साइकल अभियान मा जोडिएर साइक्लिङ्ग्मा जोडिएसङ्गै देश भित्र त छदैछ भारत लगायत युरोपेली मुलुकहरू मा समेत थुप्रै साथीहरू बनाउन पाएको छु। नेपालगन्ज मा साइकल लाई अभियान कै रूपमा बढाएको धेरै भएको छैन तर यो अभियानमा एति छोटो अवधी मै एतिधेरै र फरक फरक क्षेत्र बाट साथीहरू जोडिनुभएको छ जसले गर्दा हामीले शुरुगर्दा १०/१२ जनाबाट शुरु गरेको यो अभियानमा आज सयौं मानिसहरू जोडिनु भएको छ, जसका कारण यो साइकल अभियान को एउटा अभियन्ता को हैसियतले म खुशी छु। साइकल गजबको सवारी साधन हो, अबको बिश्व साइकल मैत्री हुनेकुरामा कुनै सन्का छैन ।
अझै सन्सार भर देखिएको कोरोना को महामारी ले साइकल लाई रोग मैत्री सवारी साधन भएको समेत पुष्टि गरिसकेको छ। शारीरिक तन्दुरुस्ती र मानसिक तन्दुरुस्ती त साइकल ले राख्छ नै साइकलमा गाउँ शहर घुम्दै देश देशावर घुम्नु को आनन्द बेग्लै हुन्छ। नेपालगन्ज शहर नेपालकै मुख्य र पुरानो शहर मध्य एउटा महत्त्वपूर्ण शहर हो अहिले देशभर केही शहर हरु साइकल मैत्री बनाउने अभियान मा अगाडि बढिरहेको बेला नेपालगन्ज शहर का मेयर समेत रहनु भएका डाक्टर धवलशमसेर राणा हाम्रो अभियान मा जोडिन्भएको हुँदा वहाँ को कार्यकाल भित्र नेपालगन्ज उपमहानगर पक्कै साइकल मैत्री शहर का लागि ठोस कार्ययोजना सहित अगाडि बढ्छ भन्नेमा नेपालगन्ज का साइकल अभियन्ताहरु बिश्वस्त छन् ।
हामीले नेपालगन्ज उपमहानगर का मेयर सङ्गको सहकार्यमा जसरी फ्रान्स लाई एउटा साइकल को इभेन्ट ” टुर डे फ्रान्स” ले सन्सार भर चिनाएको मात्र छैन त्यहाँ ठुलो संख्या मा पर्यटक भित्र्याउने एउटा महत्त्वपूर्ण कार्यक्रम बनेको छ त्यस्तै खालको कार्यक्रम भ्रमण बर्ष 2020 को अवसर पारेर शुरु गर्ने अन्तिम तयारी भैसकेको थियो जसलाई हामीले ” टुर डे रारा” नामाकरण गरेको थिएउ, स्वर्ग को टुक्रा का रूपमा रहेको मुगु को उचाई मा रहेको रारातालसम्म स्वदेशी तथा बिदेशी साइक्लिस्ट लाई नेपालगन्ज देखी रारा पुर्याउने कार्यक्रम जसमा १ हजार डलर पुरुस्कार सहित थियो कार्यक्रम तर कोरिना महामारी ले यो बर्ष को शुरुवाती कार्यक्रम मै हामीले धक्का ब्यहोरिउ।
यो कार्यक्रम मार्फत नेपालगन्ज मा प्रत्यक बर्ष स्वदेशी र बिदेशी पर्यटक साइकल का बहानामा भित्र्याउने ठूलो महत्वाकांक्षी कार्यक्रम यो बर्ष लाई गुमाइयो नै। आज नेपाल का प्रायजसो शहर हरुमा साइकल अभियान बढेसङ्गै साइकल सस्कृतिको समेत बिकास हुँदै गएको छ, साइकल अभियानमा जोडिएका सबैलाई बिश्व साइकल दिवस को शुभकामना ।
















