खजुराका क्वारेन्टाइनमैं हजारबढी, पीसीआर परीक्षणमा तिब्रता

बाँकेको खजुरामा विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर जाँच तीव्र पारिएको गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्वाव संकलन गरि पीसीआर जाँच गर्ने कर्यमा तीव्रता दिएको बताए ।


हालसम्म खजुरामा ३३८ जनाको पिसिआर गरिएको छ, सोमवार दैनिक नेपालगन्जसँग कुरा गर्दै अध्यक्ष कक्षपतिले भने, एकसाताभित्रै थप ४ सयबढीको पीसीआर टेष्ट गरिसक्ने योजनाका साथ कामलाई तिब्रता दिइएको छ ।


भारतबाट फर्किएका ३ जना र एकजना स्वास्थ्यकर्मी गरि ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको खजुरा गाउँपालिका सूचना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए । सूचना अधिकृत पौडेलका अनुसार, खजुरामा २४ वटा क्वारेन्टाइन स्थापना गरिएकोमा २२ वटामा हाल १ हजार ७३ जना रहेका छ्न । ११९ जना स्वास्थ्य जाँचपछि घरमा फर्किएका छन् ।


क्वारेन्टाइनमा बस्नेहरु सबैजसो लकडाउनमा भारतबाट आउनेहरु छन् । जसमध्ये सबैभन्दा बढी १६० जना खजुरा ४ स्थित मनकामना आधारभूत विद्यालय इगाउँ, वडा नम्बर १ को मैटहवा मावि क्वारेन्टाइनमा १२७ र जनकल्याण मावि एफ गाउँमा ९० जना छन् । क्षमताभन्दा बढी राख्नुपर्दा व्यवस्थापनमा कठिनाइका गुनासा आएपछि आफुले क्वारेन्टाइनमैं पुगेर आवश्यक सुधारका कोशिश गरिरहेको अध्यक्ष कक्षपतिले जानकारी दिए । यो अवस्थाको निराकरणका लागि होम क्वारेन्टाइनको अवधारणा अघि सारेका छौं, अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने ।

कोरोना नियन्त्रणमा आफु लगायत सिंगो टिम रातदिन नभनि लागि पर्दा समेत केहि व्यक्तिहरुले राजनीतिकरण गर्न खोजेको गुनासो अध्यक्ष कक्षपतिको छ । यो समय राजनीतिकरण होइन, सके सहयोग नसके सहजीकरणको हो, कक्षपतिले कार्यक्रममा भने ।

प्रतिक्रिया

प्रतिक्रिया