बाँकेको डुडुवा गाउँपालिकामा ७ जना कोरोना पोजेटिभ भेटिएका छन् । डुडुुवाका १७ देखि ३५ बर्षसम्मका व्यक्तिहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै बाँकेमा कोरोना पोजेटिभको संख्या १ सय ९६ पुगेको छ ।
नेपालमा सोमबार २ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा १३ जना महिला रहेका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्य १ हजार ६ सय ९८ पुगेको छ ।








