कोरोना जितेका २१ लाई खजुरा अस्पतालबाट बिदाई

बाँकेको खजुरा गाउँपालिकामा रहेका २१ जना कोरोना पोजेटिभ निको भएपछि आज शुक्रबार घर फर्किएका छन् । उनीहरुलाई कोरोना विशेष अस्पतालका व्यवस्थापन टिम, जनप्रतिनिधिले बिदाई गरेका थिए ।


बाँकेमा पहिलो संक्रमित सहित उनका कन्ट्याक्ट टेसिंगबाट फेला परेका थप २० लाई निको भएको हो । उनीहरुलाई फुल र सल ओढाएर अस्पतालबाट बिदा गरिएको हो । कोरोना निको भएकाहरुको बिदाईको दृश्य कैद गर्नका लागि बाँकेका सञ्चारकर्मीहरु अस्पताल पुगेका थिए ।
कोरोना निको भएपनि उनीहरु घरमै थप एक हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिइएको थियो । उनीहरुलाई लिनका लागि नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर अस्पताल पुगेकी थिइन् ।

संक्रमितहरु निको भएपछि कोरोना विरुद्ध फ्रन्ट लाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरु उत्साहित भएको कोरोना विशेष अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया