फितलो व्यवस्थापनले विपी चोकमा जोखिमको सन्त्रास


बढी भाडा असुलेको गुनासो

भारतबाट फर्किएका नेपालीहरुलाई सम्बन्धित जिल्ला लैजान गाडीमा चढाइएपछि नेपालगन्जको विपी चोकमा झारिंदा जोखिमको सन्त्रास औल्याइएको छ ।
नेपालका विभिन्न जिल्लाका नागरिकलाई बुधबार नै बस मार्फत त्यसतर्फ पठाउनेक्रममा राती साढे ९ बजेतिर विपी चोकनजिकै नेपालगन्ज मेडिकल कलेज सामुन्ने गाडी रोकिएको हो । व्यवस्थापनमा चरम लापरवाही देखियो, प्रत्यक्षदर्शी डा. विनोद कर्णले नेपालगन्जन्यूजसँग भने, यसले नेपालगन्जमा जोखिमको सम्भावना देखाएको छ । डा. कर्णका अनुसार, गाडीका कर्मचारीले पैसा असुल्न बस रोकेको देखिन्थ्यो । यो चरम लापरवाही हो, डा. कर्णले आफ्नो फेसबुक पेजमै पनि तस्वीर राखेर ति ठाउँलाई तत्काल शील गरि सेनिटाइज गर्नुुपर्ने बताएका छन् ।


सल्यान जाने २ वटा बस रोकिएकोमा प्रहरी पुग्नासाथ एउटा गाडी भागपनि एउटाले भने यात्रुनै ओरालेर हिसावकिताब गर्न थालेपछि यात्रुहरु वरिपरि किनमेलमा लागेकाले शिल गर्नुपर्ने सुझाव डा. कर्णको हो । (तस्वीरः डा. विनोद कर्ण)


यता, सल्यान बनगड कुपिन्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले आफ्ना नगरवासी यात्रुसँग मनलाग्दी भाडा असुली गरिएको गुनासो गरेका छन् । पुनले करीब सयजना पालिकावासी भारतबाट आउन लागेको र सोही अनुसार क्वारेन्टाइन बनाइ जिल्ला झिकाइको जानकारी दिंदै भने, तर, बाँके प्रशासनको कमजोरीका कारण ५ सय लाग्ने भाडा गाडी स्टाफले १५ सयसम्म असुलेको छ ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर पुनले गुनासो आएपछि त्यसबारे बुझ्न पठाएको बताए । भारतीय सीमा हुँदै आएका १६ सय २८ मध्ये बुधवार १७ वडा गाडीमा अधिकाँशलाई कर्णालीका विभिन्न जिल्ला पठाइएको छ भने बाँके बर्दियाका नागरिकलाई महेन्द्र बहुमुखीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया