नेपालगन्जमा बन्दाबन्दी (लकडाउन) को पुरै बेवास्ता गरिएको छ । प्रहरी प्रशासनबाट लकडाउन पालनाका लागि भइरहेका आव्हानदेखि दबाब सम्मका प्रयासलाई उपेक्षा गर्दै नेपालगन्जमा लकडाउनको बेवास्ता गरिएको हो ।
निषेधित क्षेत्र घोषणाबाहेकको अवस्थामा नेपालगन्जवासीले लकडाउनको पालना नगरेको भन्दै जनस्तरबाटनै अराजकताको आलोचना गरिएको छ । मंगलवार दिउसो नेपालगन्जको जोखिमपूर्ण क्षेत्र त्रिभुवन चोकमात्र होइन, साँघुरो एकलैनीको गल्लीसमेतमा बजार व्यवसाय सञ्चालन गरिएको छ । (हेर्नुस् भिडियो)