बाँके प्रशासनले एकै दिन ४७ जना संक्रमण पुष्टि भएको बाँकेको नरैनापुर गाउँपालिकालाई नै शिल गरेको छ । ५५ जना संक्रमित भेटिएको पालिकामा १ जनाको मृत्यु भएको भोलिपल्टै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालका लागि पुरै पालिका नै शिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् । (हेर्नुस् विज्ञप्ति)