नरैनापुरमा सय बेडको आइसुलेसन तयारी शुरु

संक्रमित संख्यालाई लक्षित गरि प्राथमिक स्वास्थ्य केन्द्रलाई १०० बेडको आइसुलेसन अस्पताल बनाइँदै

विनय दीक्षित

बाँके नरैनापुर गाउँपालिकाको १३ वटा क्वारेन्टाइनमा रहेका ७ सय ४४ जना ब्यक्ति मध्ये सम्भावित कोरोना संक्रमितलाई लक्षित गरि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सय बेडको आइसुलेसन अस्पतालको रुपमा ब्यवस्थापन कार्य केहि बेर अघि सुरु भएको छ ।

नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा रहेका ब्यक्ति मध्ये २६३ जनाको स्वाब शनिवार संकलन गरिएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी छ । अन्य क्षेत्रमा पनि राख्ने ब्यवस्था नरहेकोले स्थानीय क्षेत्रमा नै आइसुलेसन ब्यवस्थापनको कार्य तत्काल अघि बढाइएको छ, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने, स्थानीय स्तरमा उचित ब्यवस्थापन हुन नसक्ने सम्भावनालाई चिर्दै आइसुलेसन अघि बढाइएको हो ।

शनिवार २ सय ६४ जनाको स्वाब संकलन गरिएकोमा मृत्यु हुने युवक पोजिटिव देखिएपछि समस्या बढ्न सक्ने स्थानीय स्तरमा अनुमान भइरहेका बेला गाउँपालिकाले आइसुलेसन ब्यवस्थापन द्रुत गतिमा अघि बढाएको छ । उक्त कार्यका लागि जिल्ला स्वास्थ्य कार्यालय लगायतको टोली आइपुगेको गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए । स्वास्थ्य संयोजक मोइन खाँको नेतृत्वको टोली लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र पुगीसकेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया