३ सय ४ पुगे कोरोना संक्रमित

नेपालमा कोभिड–१९ का सङ्क्रमित पछिल्ला दिनमा ह्वात्तै बढेको छ । नेपालमा हालसम्म कोभिडबाट सङ्क्रमित 304 जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबार ९ जना संक्रमित थपिएका हुन् । रौटहटमा ८ जना र बारामा १ जना संक्रमित थपिएका हुन् ।


कोभिडका सङ्क्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्केको पनि मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा विसं २०७६ माघ ९ गते पहिलोपटक एक पुरुषमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि चैत १० गते विदेशबाट आएकी एक महिलामा कोभिडको सङ्क्रमण देखिएको थियो ।


मुलुकमा हालसम्म २८ हजार १६० जना कोभिडका सङ्क्रमितको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्शन (पिसिआर) विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर विधिबाट २८ हजार १६० र आरडिटी विधिबाट ६७ हजार ७६९ जनामा परीक्षण गरिएको छ । बितेको २४ घण्टामा एक हजार ४६९ पिसिआर विधिबाट र आरडिटी विधिबाट दुई हजार २० परीक्षण भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पतालबाट आरडिटी विधिबाट गरिने स्वास्थ्य स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी गरेको छ । यो निदेर्शिका जारी भएपछि निजी तथा सामुदायिक अस्पतालले कोभिडको आरडिटी विधिबाट परीक्षणका लागि अनुमति लिनसक्ने मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया