नरैनापुर : क्वारेन्टाइनमा मृत्यु भएका युवक कोरोना पोजेटिभ

नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा मृत्यु भएका २४ बर्षिय युवक कोरोना पोजेटिभ भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मृतक युवक कोरोना पोजेटिभ पाइएको जानकारी दिइएको हो ।


मृतक युवकको स्वाब शनिबार नै संकलन गरिसकिएको थियो । नेपाली सेना र सशस्त्रको टोलीको क्वारेन्टाइल स्थल नजिकको क्षेत्रमा बाक्लो उपस्थिति देखिएको स्थानीय समेत रहेका पत्रकार विनय दीक्षितले जानकारी दिएका छन् ।

यो सँगै कोरोना पोजेटिभ भएर मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया