कोरोना संक्रमणबाट बचाउन सरकारले लकडाउनको घोषणा गरेको भए पनि बाँकेमा लैगिक हिंशाका घटना भने निरन्तर घटिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगंजका अनुसार लकडाउन अबधीमा सबै भन्दा बढी घरेलु हिंशाका घटना दर्ता भएका छन् । दर्ता भएका १६ उजुरी मध्ये एउटा मुद्धाको रुपमा इलाका प्रहरी कार्यालय बाँकेमा दर्ता भएको छ भने अरु १५ वटा ठाडो उजुरीको रुपमा दर्ता भएका छन् । घरेलु हिंशासंगै छरछमेकीले महिलालाई गाली बेइज्जती र कुटपिट गरेको सामाजिक हिंशाका १४ घटनाहरु पनि दर्ता भएको रेकर्ड सेवा केन्द्रसंग छ ।
सेवा केन्द्रकी प्रहरी सहायक निरिक्षक श्याम कुमारी मगरका अनुसार गत चैत्र ११ गते यता जवरस्ती करणीका ३, जवरजस्ती करणी उद्योग १, बालबिवाह १, घरेलु हिंशा १६, यौनदुरुपयोग १, अपहरण तथा जवरजस्ती करणी १, कर्तब्य ज्यान ३, आत्महत्या ३, हराएका महिला ३ रहेका छन् । जवरजस्ती करण अपराधमा २ बालिका र १ महिला पीडित छन् भने जवरजस्ती करणी मुद्धा उद्योगमा १ बालिका पीडित रहेका छन् । यसै गरि अलपत्र परेका ५ र हराएका ३ महिलाको उजुरी पनि यस अवधीमा परेको छ ।
घटना धेरै भए पनि थोरै पीडितले मात्र मुद्धामा जान चाहने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा फाटका प्रमुख प्रहरी निरिक्षक ह्रदेश सापकोटाले बताए । महिलाहरु उजुरी लिएर आउछन् तर मुद्धा चलाउन र श्रीमानलाई थुनाउन नचाहने गरेको सापकोटाले जानकारी दिए । मुद्धा चलाउनै पर्ने केशमा पनि पीडितले नचाहदा मुद्धामा जान अप्ठेरो पर्ने गरेको सापकोटाको अनुभव सुनाए । लकडाउनमा पनि दैनिक १÷२ वटा लैंगिक हिंशाका मौखिक उजुरी आउने गरेको सापकोटाले बताए ।
गंभिर अपराध जस्तो लागे नजिकको प्रहरी चौकीमा जान वा कतिपय ठाउँमा आफुहरु पीडितको घरमै गएर पीडकलाई सम्झाउने र आवश्यकता अनुसार मुद्धा चलाउने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रसनी श्याम कुमारी पाईजाले जानकारी बताईन । लक डाउनका कारण गंभिर लैंगिक हिंशा पीडित महिलालाई सेल्टरमा राख्ने समस्या भएको सेवा केन्द्रकी प्रसनी श्याम कुमारी पाईजाले जानकारी दिईन
बर्तमान परिस्थितिले कारण प्रहरीलाई अनुसन्धानमा पनि समस्या परेको बताईन्छ । समुदायमा गई सोधपुछ गर्न, घटना बिवरण बनाउनमा सुरक्षा जोखिम रहेको प्रहरी अधिकारीहरु बताउछन् ।
लकडाउन अवधीमा लैंगिक हिंशाका घटना घटे पनि बर्तमान संकटपुर्ण अवस्थाका कारण कतिपय पीडितहरु भित्र भित्रै पीडा सहन बाध्य भएको अधिवक्ता वसन्त गौतमले बताए । कतिलाई उजुरी गर्ने माध्याम थाहा पनि यस्तोमा सरोकारवालाले अझ गंभिर भई सहयोग गर्नु पर्ने गौतमले बताए ।