प्रदेश ५ मा कोरोना प्रभावितमा थपियो दांग, 3 संक्रमण पुष्टि


कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रदेश ५ को दांगमा पनि संक्रमण पुष्टि भएको छ । बाँकेको दुर्गम सीमावर्ती गाउँपालिकामा कोराना संक्रमण पाइएकै दिन दांगमा पनि संक्रमणको नयाँ घटना सार्वजनिक भएको हो । भर्खंरै प्राप्त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जानकारी अनुसार, दांगमा २ जनालाई कोरोेना भाइरस संक्रमण पुष्टि भएको छ । (हेर्नेुस् विज्ञप्ति)
यो संगै प्रदेश ५ को भारतीय सीमानासँग जोडिएको सबै जिल्ला कोरोना संक्रमित भएको छ । यसअघिनै बाँके, कपिलवस्तु, रुपन्देही, नवलपरासी र बर्दियामा कोरोना पोजेटिभका पुष्टि भइसकेका छन् ।
शुक्रवार बाँकेमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु सबैलाई दांग बेलझुण्डीस्थित कोरोना अस्पताल लगिएको छ ।

मन्त्रालयले भन्यो 3 जनालाई पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने दांगमा 3 जनालाई कोरोेना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । (हेर्नेुस् विज्ञप्ति) नेपालगन्जका २५ सँगै बाँकेमा ३३ जना र मुलुकभर कोरोना संक्रमितको मन्त्रालयको तथ्यांक अनुसार संख्या २६७ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया