नर्सिङ सस्थापक फोलरेन्स नाईटिङगेलको जन्म दिनको सम्झनामा मनाउदै आएको मे १२ अर्थात अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस कोरोना संक्रमणका कारण यो बर्ष मनाउन सकिएन । २०० औ नर्सिङ दिवस बिश्व स्वास्थ्य संगठनले २०२० लाई नाईटिङगेलको २०० औ जन्म दिन परेको हुनाले यस बर्षलाई मिडवाईफ अर्थात नर्सिङ बर्षको रुपमा मनाउने घोषणा गरेको थियो । तर २०१९ डिसेम्बर देखि बिश्वभर फैलिएको कोरोना महामारीको संक्रमणको कारणले कुनै औपचारिक कार्यक्रम गर्न सकिएन । १८५३ देखि १८५६ सम्म चलेको क्राईमेन युद्धको क्रममा घाइते भएका सैनिकको उपचारका लागि रातीको समयमा लालटिन बोकेर उपचारमा खटिएकी नाईटिङगेल जस्तै अहिले बिश्वभर बिश्वका नर्सहरु कोरोना बिरुद्धको यसै गरि खटिएका छन् ।
‘नेतृत्वका लागी आवाज बिश्व स्वास्थ्यको लागी नर्सिङ्ग सेवा’ भन्ने नारा रहेको नर्सिङ दिवस कार्यक्रम गरेर होईन कारोना बिरुद्धको लकडाउनमा कोरोना संक्रमित बिरामीको स्वास्थय सेवा दिएरै मनाइयो ।
चिनको वहान राज्यबाट कोरोना संक्रमण महामारीको रुपमा हालसम्म बिश्वका २१२ देशहरुमा फैलिदै गयो । बिश्व स्वास्थ्य संगठनले १० मार्चमा कोरोनालाई बिश्व संक्रामक रोगको रुपमा घोषणा ग¥यो । यसैको असर स्वरुपमा नेपाल सरकारले पनि चैत्र ११ गते अर्थात मार्च २४ बाट लकडाउनको घोषणा ग¥यो । त्यतिवेला सबै जसोमा कोरोना संक्रमणको त्रास नै फैलिदै गयो । नेपाल सरकारले लकडाउनको घोषणा गरे पछि कोरोनाका केशहरु दिन प्रतिदिन बढ्दै जान थाले । आफै स्वास्थ्यकर्मी भएका नाताले मनमा कोरोना सम्बन्धि डर त्रास भए पनि आफन्तहरुसंगको भेटघाट र सम्पर्कमा कोरोनाको त्रास नदेखाउनु पर्ने बाध्यता थियो ।
कोरोना संक्रमित उपचारका लागि पूर्व तयारी स्वरुप भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठको नेतृत्वमा कोरोना आइसोलेसन अस्पताल खजुरामा डिउटीको लागि लिष्ट तयार भयो । लिष्टमा आफ्नो पनि नाम रहेकाले डिउटीको लागी मानसिक रुपमा तयार भइरहदा नेपालगन्जमा कुनै संक्रमित ब्यक्ति फेला परेका थिएन । कोरोना नियन्त्रणको लागि बाँकेका स्वास्थ्यकर्मी, प्रहरी प्रशासन स्थानीय सरकार खटिदै गर्दा २०७७ बैशाख १९ गते बाँकेमा पनि एक जना कोरोना संक्रमित फेला परे । कोरोना अस्पतालका लागी मेरो पहिले चरणकै लागी डिउटी सुची तयार भएको थियो । अस्पतालको ब्यवस्थापन पनि राम्रै भएकाले कोराना अस्पतालमा काम गर्न मानसिक रुपमा तयार भए ।
भेरी अस्पतालबाट ६ जना नर्सिङ स्टाफ २ जना मेडिकल अधिकृत फिजिसियन डाक्टर, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, नर्सिङ निर्देशक सहितको टोली बिरामीलाई लैजानु भन्दा पहिले नै खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पुगिएको थियो । जहाँ कारोना संक्रमण बिरामी राख्नका लागि आईसियु सहित ५० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको थियो ।
पहिलो चरणको डिउटी गर्न जाँदा परिवारका सदस्यमा तनावको स्थिति देखिन्थ्यो । छोरा छोरीले हजुर नै सुरुमा किन डिउटी गर्न जानु प¥यो भनेर सोधेका थिए । गाउँको घरबाट बुवा आमाले पनि डिउटी गर्न नजाने सल्लाह दिनु भएको थियो । तर पहिलो चरणमै डिउटी गरेता पनि टाढा रहेका बुवाआमालाई सान्वता दिन प्रसुति कक्षमा डिउटी गर्नेलाई कोरोना बिरामीको डिउटी गर्न पर्दैन भनेर ढाट्नु पर्ने बाध्यता भयो ।
एक हप्ताको डिउटी अवधीमा कोरोना अस्पताल खजुरामा पटक ÷पटक गरि २३ जना कोरोना संक्रमित बिरामी भर्ना भए । पहिलो संक्रमित बिरामीलाई भर्ना गरेर राख्दाको सुरुवाती अवस्थामा केही स्थानियवासी र क्यान्सर अस्पतालका कर्मचारीहरुको नकारात्मक टिप्पणी पनि सुन्नु प¥यो । अस्पतालको वरपर निस्केको, झ्याल खोलेर बाहिर हेरेको ले कोरोना सार्ने भन्ने सम्मको आक्षेप पनि लाग्यो ।
अस्पतालमा भर्ना गरिएका बिरामीहरुको लागी नेपालगन्जबाट मगाइएको खाना, औषधीजन्य र ब्यवस्थापनका सामाग्री लिनको लागि अस्पतालको कम्पाउण्डमा झर्दा समेत स्वास्थ्यकर्मी जथाभावी हिडे, सिढीको रेलिङ्ग छोए भन्ने आरोप खेप्नु प¥यो । कारोना आईसोलेसन र स्वास्थ्यकर्मचारीका कारण स्थानिय त्रसित भएको भनी केहि संचार माध्याममा समाचार आउँदा आफैलाई नराम्रो पनि लाग्यो । सुरुवाती अवस्थामा एक जना संक्रमित बिरामी राखिएकोमा २ दिन पछि एकैपटकमा १५ जना संक्रमित भेटिए पछि रातारात अस्पताल पु¥याइएको थियो ।
खजुरा अस्पताल लगिएका कोरोना संक्रमित सबै बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य थियो । कसैलाई पनि कोरोना संक्रमणको कुनै लक्षण देखिएको थिएन । तर केही बिरामीहरु थाइराइड, ब्लडप्रेशर र मधुमेहका दिर्घ रोगी पनि थिए । सबै बिरामी डाक्टर र नर्सिङ्ग स्टाफको निगरानीमा थिए ।
कोरोनाका सबै बिरामीलाई सिसि क्यामराको निगरानीमा राखिएको थियो । बिरामीहरु पनि स्वास्थ्यकर्मी प्रति सन्तुष्ट भएको देखिन्थे । रमजानको समय परेकाले सुरुवाती अवस्थामा केही बिरामीहरुको लागी रोजा फुकाउने समयमा खानाको समस्या परे पनि पछि त्यसको पनि समाधान भयो । बिरामीको हेरचाह र खाना लगी दिदा ब्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गरिन्थ्यो ।
कोरोना बिरामीको लागि बेड लगायतका अन्य कुराको ब्यवस्थापन गरिएता पनि फोहर ब्यवस्थापन गर्ने सवालमा सुरुवाती अवस्थामा स्थानियबाट बिरोध भएको थियो । पछि स्थानीय जनप्रतिनिधि र अस्पताल प्रशासनबाट यसको समाधान निकालियो ।
तेश्रो पटकको पिसिआर चेकजाँचका क्रममा ७ जना कोरोना संक्रमित भेटिएका थिए । जसमा पहिले संक्रमितका एकै घरका बिरामी पनि थिए । एक जना ५ महिनाको गर्ववती महिला पनि हुनुहन्थ्यो । ति मध्ये एकै परिवारको बिरामीलाई पारिवारिक बेड मिलाउने क्रममा केही समय ढिला हुन गएकोमा बिरामीलाई एम्बलेन्सबाट रिसिभ गरि बेडमा लैजान किन ढिला भयो भन्दै एक ब्यक्तिले डाक्टर सहित स्वास्थ्यकर्मीलाई जागिरबाट निकाली दिन्छु, अस्पतालाई तोडफोड गरि दिन्छु भन्दै धम्की पनि दिएका थिए । बच्चालाई बाबु भन्दा छुटै राखिएको, बच्चा रुदा बुवासंग भेट्न नदिएको,चाहिएको चिज नदिएको आक्षेप लगाउँदै साथै केही सार्वजनिक संचार माध्यामले यथार्थ भन्दा भिन्न ढंगले समाचार प्रकाशित गर्दा जोखिमका काम गरेका स्वास्थ्यकर्मीको मनोबल हतोत्साहित गरेको थियो ।
कन्ट्रोल रुमबाट बिरामीको अवस्थाको बारेमा सबै हेर्न सकिने ब्यवस्था मिलाइएको कारण त्यहाँसम्म आएर यथार्थ तथ्य बुझेर समाचार सम्प्रेषण गर्न अनुरोध गर्दा पनि त्यसो नगरि एक तर्फी समाचार आउँदा म लगायत डिउटीमा खटिएका सबै स्वास्थकर्मीलाई मानसिक तनाव भएको थियो । आम नागरिक लकडाउनका कारण घर भित्रै बसेको बेला जोखिम मोलेर कोरोना संक्रमितको उपचारका खटिएका बेला उत्साह र हौसला दिने बेला नकारात्मक टिप्पणीले रातभरि मानसिक तनाव भएको कुरा अन्य सहकर्मी स्वास्थ्यकर्मीहरुले समेत बताउनु भएको थियो । तर भेरी अस्पताल प्रशासन, ब्यवस्थापन समिति लगायतको टिम वर्कको कारण र बिरामीसंगको राम्रो समन्वयका कारण एक हप्ताको डिउटी सहज तकिारले नै बितेको थियो ।
कोरोना संक्रमणले देश नै आकान्त भएका बेला अग्र पङ्तीमा रहेर काम गर्न पाएकोमा गर्भ लागेको छ । देशलाई आवश्यक परेको बेला सहयोग गर्नु प्रत्येक नागरिकको कर्तब्य भएको सन्दर्भमा स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा काम गर्ने ब्यक्ति भएको नाताले कोरोना संक्रमणको पहिलो चरणमै बिरामीको उपचारमा काम गर्न पाउँदा एक हिसावले पेशागत कर्तब्य निभाउन पाएको अनुभुति भएको छ । सकारात्मक कार्यमा नकारात्मक टिप्पणीले कारोना संक्रमण बिरुद्धको लडाईमा पहिलो पङ्गतीमा लड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायको मनोबल घट्ने र हतोत्साहित बनाउने हुँदा कृपया यस्तो बेलामा नकारात्मक टिप्पणी भन्दा सकारात्मक सोच टिप्पणी गरि दिन म सबैमा हार्दिक अपिल पनि गर्दछु ।
यसै गरि देशमा युद्ध, दैवी प्रकोप, महामारी फैलिदा फन्ट लाईनमा काम गने भनेको सुरक्षाकर्मी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नै हुन । यिनलाई कमजोर होईन बलियो बनाउदा र काममा हौसला प्रदान गर्दा नै साचो अर्थमा युद्ध, दैवी प्रकोप, महामारी बिरुद्धमा डटेर लड्न सहज हुन्छ । काम गर्ने ब्यक्तिबाटै कमी कमजोरी हुन पनि सक्दछ । त्यसलाई सबैले ग्रहण पनि गर्नु पर्दछ । काम गर्ने ब्यक्तिलाई सबैले हतोत्साहिक होइन उत्प्रेणणा र हौसला प्रदान गरिनु पर्दछ ।
अन्तमा कोरोना बिरुद्धको लडाईमा उच्च मनोबलका साथ काम गर्न आवश्यक सहयोग, सल्लाह र निर्देशन दिने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रकाश बहादुर थापा, नर्सिङ्ग निर्देशक दुर्गा लक्ष्मी श्रेष्ठ, डा.राजन पाण्डे,डा.बद्री चापागाई, डा पारश पाण्डे, ब्यवस्थापनमा सहयोग गर्ने अरुण खनाल, नर्सिङ्ग अधिकृत शिला शर्मा र समुहमा काम गर्ने डा.संजय बर्मा, डा. शिवम खेतान, नर्सिङ्ग स्टाफ शान्ता उप्रेती, ममता योगी, एलिसा खड्का र उर्मिला जैसी, ब्यवस्थापन समिति, सुरक्षाकर्मी, कार्यालय सहयोगी लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु । (लेखक भेरी अस्पतालमा कार्यरत अस्पताल नर्सिङ्ग निरिक्षक हुन् ।)