कृषिको १७ अर्ब कहाँ गयो ?


आगामी वजेटमा सिक्टा सिचाई र ववई डाइभर्सन प्राथमिकतामा राख्न साँसद सुवेदीको माग

काठमाडौं, २९ वैशाख । सांसद पूर्णाकुमारी सुवेदीले कोरोनाका कारण अर्थतन्त्रमा पारेको असरलाई उकास्न कृषीलाई महत्व दिन सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजत प्रि वजेटको प्राथमिकताका सन्दर्भमा आफ्ना भनाई राख्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराएकी हुन् । कृषी सहकारी तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष समेत रहेकी सांसद सुवेदीले नेपालगन्ज कोरोनाको केन्द्रविन्दुका रुपमा देखिएका कारण सरकारको विशेष ध्यान दिनुपर्ने बताएकी छन् । उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै नेपालगन्जका अस्पतालमा आइसोलेसन वेड बढाउने, समुदायमा आधारीत आइसोलेसनको रणनीति तर्जुमा गर्नुपर्ने, स्थिानिय तहको अनुगमनको ब्यवस्था सहित विारमीलाई आचारसंहिता पालना गराउने विषयमा ध्यान दिन भनेकी छन् ।

उनले अहिलेको विषम परिस्थितीमा बाँकेमा रहेका सरकारी र नीजि अस्पतालका स्वास्थ्यकमीि परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छन् । ६५ वर्ष माथिका स्वास्थ्यकर्मीलाई अनिवार्य सेवा दिन बाध्य नगराउने र उनीहरुको मनोवल बढाउन प्याकेज ल्याउनुपर्ने देखिन्छ, संसदमा आफ्ना कुरा राख्दै सांसद सुवेदीले भनिन्, खजुरा स्थित क्यान्सर अस्पतालमा ल्याव लगायतका सुविधा बढाउनुपर्ने आवश्यकता छ । उनले सो अस्पतालमा मेडिकल अधिकृत लगायत स्वास्थ्यकर्मी र कर्मचारीको अभाव देखिएकाले तत्काल पदपूर्ती गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । सांसद सुवेदीले कोहलपुर मेडिकल कलेजलाई पनि कोभिड १९ को लेभल ३ को रुपमा लैजानुपर्ने माग राखेकी छन् ।

उनले विगतमा कृषीमा दिइएको अनुदानको उपयोग नभएको भन्दै प्रश्न उठाएकी छन् । विगतको कृषीमा १७ अर्व अनुदान गयो, तर कहाँ कसरी गयोे त्यसको अनुगमन हुनुपर्यो सांसद सुवेदीले भनिन् विदेशी परियोजना ४८ प्रतिशत ढुकुटीमा नआई खर्च भएको छ त्यो एकद्धार नीति अनुरुप हुनुपर्छ । उनले विमा लगायत किसानको वर्गिकरण गरी परिचय दिने ब्यवस्था स्थानिय तहलाई लिनुपर्ने नीति ल्याउन सुझाव दिएकी छन् । उनले नेपाली कृषकको उत्पादन खेतमै सडिरहेको र आयातीत उत्पादनले नेपाली कोल्ड स्टोर भरिएको बारे पनि सरकारको ध्यानाकर्षण गराएकी छन् । स्थानिय तहलाई बलियो बनाई सहकारीलाई स्थानिय तहमा ल्याउने नीति ल्याउनु पर्यो । फर्म मार्फत सञ्चालित ब्यवसायलाई सोही फर्म राखेर ऋण लिने ब्यवस्था मिलाउनु पर्छ, उनले भनिन् ।

१७५ मुलुकवाट २०० बढी उपज आयात हुने गरेको तथ्य स्मरण गर्दै सांसद सुवेदीले भनिन्, हाम्रा तरकारी खेतमै सडेको छ । आयातीत कृषी उपजमा ट्याक्स लगाउने ब्यवस्था गर्नुपर्छ । हाम्रा कोल्डस्टोरमा हाम्रै उत्पादन भण्डारण गर्ने ब्यवस्था हुनुपर्छ । हाम्रा कोल्ड स्टोरमा विचौलियाले आयातित बस्तु राखेका छन् उनले भनिन् । बाँझो जमिन नराख्न बेलैमा मल विउ उपलब्ध गराउने र उत्पादित बस्तुको वजार ब्यवस्थापन र समयमै मुल्य निर्धारण गर्न पनि सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले बाँके र वर्दियाको कृषी क्षेत्रलाई माथि उकास्न महत्वपूर्ण हुने सिक्टा सिचाई र ववई डाइभर्सनलाई पाथमिकतामा राखेर वजेट विनियोजन गर्न माग गरेकी छन् । साथै। विदेशवाट आउने र जान चाहेर पनि जान नपाएका करिब १५ लाख युवालाई कृषीमै लगाउने बातावरण तयार गर्ने वजेट ल्याउन माग गरेकी छन् । साथै उनले सुरक्षाकर्मी र संचारकर्मी माथि भइरहेको आक्रमण माथि पनि सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुको मनोबल बढाउने काम सरकारले गर्नुपर्ने माग गरेकी छन्

प्रतिक्रिया

प्रतिक्रिया