कृष्ण अधिकारी
स्वास्थ्य मन्त्रालयले भेरी अस्पताललाई २ हजार थान टेष्ट किट उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले भेरी अस्पताललाई उपलब्ध गराएको आरएनए एक्स्ट्रयाक्सन सहितको टेष्ट किट नेपाली सेनाको स्काइ ट्रकबाट शुक्रबार नेपालगन्ज आइपुगेको हो ।
नेपाली सेनाको टोलीले भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापालाई स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको टेष्ट किट हस्तान्त्ररण गरेको नेपाली सेनाका नं ४ बाहिनीका बाहिनीपति सहायक रथी सुरेश बानियाले बताएका छन् । नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गए पछि स्वास्थ्य मन्त्रालयले भेरी अस्पताललाई २ हजार थान टेष्ट किट उपलब्ध गराएको हो ।
प्रादेशिक प्रयोगशाला भैरहवाका लागि १ हजार थान, प्रादेशिक अस्पताल सुर्खेतलाई ७ सय र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि ३ सय थान र धनगढीको प्रयोगशालाका लागि १ हजार ५ सय थान टेष्ट किट उपलब्ध गराएको हो ।
स्वास्थ्य मन्त्रालयले कोरोना पोजिटिभ केस बढी देखिएका क्षेत्रका पिसिआर ल्याबहरुमा आवश्यकताका आधारमा टेष्ट किटहरु पठाएको हो । कोरोना परिक्षणमा अत्यावश्यक पर्ने आरएनए एक्स्ट्रयाक्सन किट नहुदा चितवन, भैरहवा, सुर्खेत र धनगढीका प्रयोगशालामा परिक्षण रोकिएको थियो ।
टेष्ट किट प्राप्त भए पछि परिक्षण रोकिएका सबै प्रयोगशालाहरुमा पुनः परीक्षण सुरु हुने बताइएको छ । कोरोना संक्रमणका दर बढ्दै गए पनि टेष्ट किटको अभावका कारण परीक्षणको गति बढ्न सकेको थिएन ।
टेष्ट किट प्राप्त भए पछि परिक्षणको गति तिब्र पारिने भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले बताए । टेष्ट किट उपलब्ध भए पछि दैनिक ८० देखि १ सय वटासम्म नमुनाको परिक्षण भेरी अस्पतालमा गर्न सकिने प्रमुख डा. थापाले बताए ।
एक साता पहिले नेपालगन्जका कोरोना संक्रमित भेटिए पछि कन्ट्याक्ट टेसिङ गरि परिक्षणका लागि शंकास्पद ब्यक्तिबाट खकारको नमुना स्वाब संकलन गर्ने कार्यलाई तिब्र पार्न विज्ञहरुले सुझाव दिए शुक्रबार भने नेपालगन्जमा खकारको नमुना संकलन हुन सकेन ।








