नेपालगन्जमा कोरोना पोजेटिभको संख्या 24 पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर कोरोना पोजेटिभको संख्या 1 थपिएको जानकारी दिएको हो । अब नेपालगन्जमा कोरोना पोजेटिभको संख्या 24 पुगेको छ । थपिएका व्यक्ति १६ बर्षीय पुरुष हुन् . प्रदेश ५ मा २७ कारोना संक्रमित पुगेका छन् । देशभर कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
बैशाख १९ गते शुक्रबार एक जना कोरोना संक्रमित भेटिएपछिको कन्ट्याक्ट टेसिङ्ग गर्दै जाँदा कोरोनाका बिरामीको संख्या थपिंदै गएको छ । सुरुमा नेपालगन्ज ८ स्थित जोलाहनपुरवास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएको थियो ।
सुरुमा १ जनाको कन्ट्याक्ट टेसिङ्ग गर्दा ९० जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाब संकलनको रिपोर्ट तीन चरणमा आएको थियो । जसमा पहिलो चरणमा ९ र सोही दिन साँझ ६ गरी १५ र दोस्रो चरणमा ७ जना कोरोना पोजेटिभ भेटिए ।
पछिल्लो पटक १५ र ७ जना कोरोना पोजेटिभको कन्ट्याक्ट टेसिङ्गको रिपोर्ट नेगेटिभ आएको थियो । तर, शुक्रबार आएको रिपोर्टमा 1 कोरोना संक्रमितको संख्या थपिएको हो ।