नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक डा आशिम किदवाईले कोरोना भाइरसबारे भ्रम र वास्तविकतालाई बेला बेलामा सुझाव सल्लाह दिंदै आएका छन् । नेपालगन्जन्यूजका लागि हामीले गरेका प्रश्नमा डा. किदवाईले दिएको उत्तरसहितको भिडियो आज हामी प्रस्तुत गरेका छौं ।
यसअघि डा. किदवाईले आफ्नो फेसबुक पेजमा व्यक्त गरेका कुरापिनि सान्दर्भिक रहेकाले जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।
1.रोजाले गर्दा टेस्टिंग मा कुनै पनि फर्क पर्दैन रोजाले नत्र पोजेटिभ लाई निगेटिभ देखाउन्छ न निगेटिभ लाई पोजेटिभ.. ढुक्क भएर जांच गराउनु होस ।
2.कोरोनाको हरेक बिरामीलाई लक्षण देखिनु जरूरी छैन, धेरै देशमा सुरूको 100देखि 200 केस सम्म पनि बिरामी मा कुनै पनि लक्षण न देखिएको रिकर्ड पनि रहेकोछ ।
कुनै कुनै देशमा 80,देखि 94% प्रतिशत कोरोना संक्रमित मा लक्षण न, देखिएको रिपोर्ट पनि छ । लक्षण न, हुनू राम्रो कुरा हो, यसको अर्थ virus धेरै कडा किसीमको छैन । यसलाई नकारात्मक तरिकाले सोच्नु भएन ।
कोरोना मात्र होइन HIV, Hepatitis B,C जस्तो रोगमा पनि संक्रमण भै सकेपनि वर्षो सम्म लक्षण न हुन पनि सक्छ,यो कुरा हमीले बुझ्न जरूरी छ ।
3.टेष्टिंग ,NPHL अथ्वा टेकू ल्याब को गाइ़डलाइन को अधारमा,र प्रोटोकोल अनुसार भैरहेकोछ ,नेपालगंजमा,भएको मेशिनको क्वालिटी चेक टेकूले गरेपछि काठमान्डो बाट एक्सपर्ट आएर बल्ल रेगुलर टेष्ट सुरू गरेको छ ।
टेकुको ल्याब WHO को र इन्टरनेशनल मापदंड अनुसार र क्वालिटी चेक अनुसार नै
चलिरहेको छ । यो भन्दा राम्रो क्वालिटी कन्ट्रोल गर्न नेपाल मा संम्भव छैन ।
त्यही भएर नेपालगंजको ल्याब र धरानको ल्याबलाई referralल्याबको लेबल दिईएको छ ।
एकै चोटि धेरै टेष्ट पोजेटिभ आएपछी र लक्षण नै न भएको मान्छे मा,पोजेटिभ आएपछी टेष्टको क्वालिटी मा शंका गर्नु स्वाभाविक हो,त्यसको लागि पनि ल्याब ले काठमन्डो ल्याब संग coordinate गरेर परेको खंडमा क्राश चेकिंग गर्ने सिस्टम पनि छ ,त्यसको लागि हाम्रो हेल्थ वर्कर हरू आफैले कुनै पनि किसीमको चांस लिनु भएको छैन ।
हामीले अब उहाहरूलाई trust गर्नु बहेक अरू कुनै बिकल्प छैन trust नै गरेनौ भने यो महामारी लाई जित्न संम्भव हुँदैन ।
4.नेपालगंजमा,धेरै जनाले यो इस्सु हरू उठाएर एउटा किसीमको संम्प्रदायिक communal feeling भडकाउने प्रयास भै रहेकोछ, अहिलेको अवस्थामा यस्तो काम गर्नु
मेरे बिचारमा,एउटा ठुलो अपराध हो, भोली यदि कोरोनाले अलि भयंकर रूप लियो भने, सबैको मनमा एउटा टेन्शन रिस एउटा किसीमको frustration हुन्छ, त्यो हुन्दा खेरि यदि हाम्रो मन अलिकति पनि यो जात र धर्म,को feeling भयो भने नेपालगंजमा देहली जस्तो हाल हुन समय लाग्दैन यो hatred को एउटा मात्रै future हो
Riots दंगा ….
त्यसैले अलि शान्त दिमागले हरेक कुरालाई हेर्नुपर्यो, यो फसादी मान्छे हरूको कुरा सुनेर अावेशमा आएर, यो कोरोनाको समाधान हुँदैन यो एक अर्कालाई हेल्थ वरकर्स संग cooperate र सरकार र प्रशासनले लागु गरेको नियम,र कानुनको पालन गर्नु अावश्यक छ ।
Dr. Aasim kidwai