कोरोना कहरले मुलुकलाई सन्त्रस्त बनाइरहँदा सबैको नजर नेपालगन्ज तर्फ रहेको छ । शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि त्यसको कन्ट्याक्स टेसिंग गर्दै गरिएको परीक्षणमा आइतबार एकै दिन १५ जना पोजेटिभ भेटिए ।
संक्रमित क्षेत्रको बाँकी ३० जनाको रिपोर्ट सोमबार आउने अपेक्षा गरिएको थियो । तर, साँझसम्म पनि उनीहरुको रिपोर्ट के आयो भन्ने सार्वजनिक भएको छैन । नियमित जसो स्वास्थ्य मन्त्रालयबाट पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिंदै आएको छ । तर, आज गरिएको पत्रकार सम्मेलनमा नेपालगन्जको रिपोर्ट भने सार्वजनिक गरिएन ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा भन्छन्, चेकजाँच भैरहेको अन्तिम नतिजा आउनेसाथ जानकारी गराइनेछ । भेरी अस्पतालमा संक्रमितको ३० र ९ जना अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।