नेपालगन्जमा थप ९ लाई कोरोना पुष्टि

नेपालगन्जमा ९ जना नयाँ कोरोना भाइरसका नयाँ बिरामी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगन्जमा गरेको परीक्षणका क्रममा थप ९ जनाको संक्रमण पुष्टि भएको बताए ।


संक्रमित मध्ये ४ जना महिला र ५ जना पुरुष हुन् । उनीहरु ७ देखि ५८ बर्ष उमेरका छन् । यसअघि पहिलो संक्रमित पुष्टि भएका ६० बर्षीय पुरुषकै घरका परिवारका सदस्यलाई संक्रमण पुष्टि भएको सम्बद्ध स्रोतले जनाएको छ । परिवार सबैलाई महेन्द्र बहुमुखी क्याम्पस स्थित क्वारेन्टाइनमा राखिएको थियो । तत्काल उनीहरुलाई आइसोलेसन अस्पताल लगिने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया