रोगलाई कसरी जितेर अगाडि बढ्न सक्छौं ?

सुलभ आचार्य
माइक्रोबायोलोजिष्ट

सुलभ आचार्य नेपालगन्जका एक जना होनहार युवा । नोबेल कलेजमा प्राध्यापन गराउने माइक्रोबायोलोजिष्ट आचार्य एउटा बायोमेडिकल कम्पनीमा एप्लिकेशन स्पेशलिष्टका रुपमा पनि कार्यरत छन् ।


कोरोना भाइरस पहिचानका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पीसीआर ल्याब स्थापना भएपछि आचार्यलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित क्षेत्रमा ५÷६ वर्षको अनुभव रहेका कारण विषय विज्ञका रुपमा नियुक्त गर्यो । निजी क्षेत्रबाट प्रतिनिधित्वको अवसर पाएका ३२ वर्षका यी उर्जाशील युवा कोरोना कहरका पछिल्ला १० दिन १४ घण्टा सम्म खटेर भाइरससँगै खेलिरहेका छन् । अब रियल वार सुरु हुन्छ, किनकी पोजेटिभ केससँगको कन्ट्याक्ट टेसिङ भइरहेको छ, उनले शनिवार राती यसो भनिरहँदा अघिल्लो दिन नेपालगन्जमा एकजना वृद्धलाई संक्रमण पुष्टि भएकोमा उनी उत्साहित देखिएको भान हुन्थ्यो, हो नि हामी जे कुराको खोजिमा ज्यान लगाएका छौं, पत्ता लागिरहेको छ, जति धेरै पत्ता लाग्दै जान्छ, उति जोखिम कम हुन्छ । उनको तर्क हो, भाइरस संक्रमित व्यक्ति पता लागोस्, अरुमा फैलन नपाओस् भनेरै सरकारले ४० दिनदेखि सिंगो मुलुकलाई लकडाउन राखेको छ ।

कम्युनिटी ट्रान्सफरको खतरा देखिएको छ । अब कन्ट्याक्ट टेसिङ जरुरी छ । स्याम्पल आउँदैछ, हामी परीक्षण सुरु गर्छांै । रोगबाट आत्तिनु, डराउनु पर्दैन । तर, सामाजिक दुरी कायम गरेर यो भाइरसलाई परास्त गर्न सक्छौं । तर, एउटा नियममा भने हिड्नु पर्छ ।

नेपालगन्जन्यूज र दैनिक नेपालगन्जका लागि पत्रकार झलक गैरेले उनै युवासँग कुरा गरिरहँदा उनी र नेपालगन्ज पीसीआर ल्याबमा खटिएको प्राविधिक टोलीले ३३१ केस हेरिसकेको छ । उनको टिमले शनिवार एकै दिन ७४ वटा टेष्ट सक्यो । तीनै मध्य एक जनालाई संक्रमण पुष्टि भएको हो । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६० वर्षका वृद्धलाई ४१ औं दिनमा कोरोना संक्रमण पुष्टि भएपछि तमाम आशंका र आंकलन गरिंदैछ । दैनिक नेपालगन्जको चासो हो, सन्त्रस्त सबैलाई नजिकको र सत्य जानकारीसँग परिचित गराउने । माइक्रोबायोलोजिष्ट आचार्यले हामीलाई त्यो जानकारी दिन सक्छन् । उनी भन्छन्, ८० प्रतिशत मान्छेमा कोरोना भाइरसको लक्षण हुँदैन । तर, उनीहरुमा रोग सार्ने सामथ्र्य भने हुन्छ । त्यसैले कोरोना संक्रमितले लक्षण नभएपनि दुरी कायम गरेर बस्नुपर्छ । थाहै नहुन सक्छ, लक्षण नदेखिंदा, तर सर्न सक्छ ।
ल्याब प्रमुख प्रसन्न मिश्रा, सन्दिप पोखरेल, प्रचण्ड गौतम, अंकित श्रेष्ठ, सन्दिप चौधरी, हरि अधिकारी सहितको टोलीमा नेपाल सरकारले विषय विज्ञका रुपमा नियुक्त गरेका

नेपालगन्जन्यूज र दैनिक नेपालगन्जका लागि पत्रकार झलक गैरेले उनै युवासँग कुरा गरिरहँदा उनी र नेपालगन्ज पीसीआर ल्याबमा खटिएको प्राविधिक टोलीले ३३१ केस हेरिसकेको छ । उनको टिमले शनिवार एकै दिन ७४ वटा टेष्ट सक्यो । तीनै मध्य एक जनालाई संक्रमण पुष्टि भएको हो । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६० वर्षका वृद्धलाई ४१ औं दिनमा कोरोना संक्रमण पुष्टि भएपछि तमाम आशंका र आंकलन गरिंदैछ । दैनिक नेपालगन्जको चासो हो, सन्त्रस्त सबैलाई नजिकको र सत्य जानकारीसँग परिचित गराउने । माइक्रोबायोलोजिष्ट आचार्यले हामीलाई त्यो जानकारी दिन सक्छन् । उनी भन्छन्, ८० प्रतिशत मान्छेमा कोरोना भाइरसको लक्षण हुँदैन । तर, उनीहरुमा रोग सार्ने सामथ्र्य भने हुन्छ । त्यसैले कोरोना संक्रमितले लक्षण नभएपनि दुरी कायम गरेर बस्नुपर्छ । थाहै नहुन सक्छ, लक्षण नदेखिंदा, तर सर्न सक्छ ।
ल्याब प्रमुख प्रसन्न मिश्रा, सन्दिप पोखरेल, प्रचण्ड गौतम, अंकित श्रेष्ठ, सन्दिप चौधरी, हरि अधिकारी सहितको टोलीमा नेपाल सरकारले विषय विज्ञका रुपमा नियुक्त गरेका

माइक्रोबायोलोजिष्ट आचार्य हामीले गरेको विशेष कुराकानी आजको अंकमा प्रस्तुत गरिएको छ । उनी नेपालगन्जस्थित भेरीको ल्याबमा खटिने प्राविधिकहरुलाई दक्ष ढंगले प्रशिक्षित गराउने जिम्मेवारीमा पनि छन् । चितवनमा पीसीआर ल्याबको सफलतापूर्वक सञ्चालन गरेर नेपालगन्ज आइपुगेका आचार्य आफ्नै थलोमा काम गर्दा कम्ति उत्साहित छैनन् ।

कहिलेदेखि कोरोना भाइरससँगको सन्निकटता ?

नेपालगन्ज आएको १० दिन जति भयो । भेरी अस्पतालमा पीसीआर ल्याब सञ्चालनमा आएपछि भेरीमा काम गर्न सुरु गरेको हुँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञका रुपमा खटाएको हो । प्राइभेट संस्थाको भएपनि कन्सलटेन्टका रुपमा हायर गरिएको हो । भेरी अस्पतालको पीसीआर ल्याबमा हामी सात जना रहेका छौं ।

कोरोना पोजेटिभ देखिएपछि बाँके सन्त्रस्त रहेको छ । तपाई झन् ल्याबमा काम गर्नुहुन्छ ढुक्कसँग ? कसरी सम्भव छ, यो कुरा ?

पहिलो कुरा कोरोना भाइरस हो भन्ने बुझ्नु पर्यो । यो लाग्दैमा ज्यानै लिन्छ भन्ने पनि छैन । ८० प्रतिशत मान्छेलाई भाइरस लागेपनि केही पनि हुँदैन । ८० प्रतिशतमा कुनै लक्षण नै देखिंदैन । बाँकी रहेको २० प्रतिशत मध्ये १४ प्रतिशत चाहीँ अस्पतालमा भर्ना गर्नुपर्ने खालको हुनेछ । त्यस्ता बिरामीलाई अक्सिजन दिनुपर्ने पर्ने हुनसक्छ । बाँकी रहेको ६ प्रतिशत मात्रै फ्याटोलोजी रेट हो । त्यो ६ प्रतिशत पनि केस हेरिहेरी हुन्छ । त्यो पनि जर्मनीको हेर्ने हो भने ३ प्रतिशत छ, स्पेनको ६, यूएसको ६ प्रतिशत छ, नेपालको हेर्ने हो भने जिरो प्रतिशत छ । यो नेपालको लागि राम्रो हो । त्यो ६ प्रतिशत पनि दीर्घरोगीलाई बढी छ । जसलाई सुगर, क्यान्सर, जसको इम्युन पावर कमजोर छ, लामो समयदेखि औषधी लिइरहेको छ, त्यस्तो मान्छे मात्रै रिक्समा हुनुहुन्छ । सकेसम्म हामीले यो भाइरसलाई सार्नु भएन ।

कोरोना भाइरसलाई एकले अर्कालाई सार्नु भएन । त्यसैले आत्तिनु पर्दैन । कसैलाई कोरोना पोजेटिभ छ, रिक्समा हुनुहुन्छ भने आइसोलेसनमा बस्नुपर्छ । होम आइसोलेसनमा पनि बस्न सकिन्छ, अस्पताल नै गएर आइसोलेसनमा बस्नुपर्छ भन्ने जरुरी पनि छैन । कोरोना नसरोस् भन्नेमा सतर्क हुनुपर्यो ।

बिरामीलाई आइसोलेसनमा राख्छौं भने त्यो वरिपरिका मान्छेहरुलाई आत्तिनुपर्ने डराउनु पर्ने केही पनि छैन । यसमा भाइरस उडेर गएर अरुलाई सर्ने केही पनि हुँदैन । वरिपरिका मान्छे आत्तिनु पर्ने जरुरी छैन ।

डर लाग्दैन, दैनिक कोरोना भाइरसको जोखिममा काम गर्दा ?

डर नलाग्ने होइन, लाग्छ । तर, त्यही विषय पढियो, फिल्ड त्यही, पेशा नै त्यही हो । देशका लागि अप्ठ्यारो परेको बेला हामीले नगरे कस्ले गर्ने ? हामीले जति पोजेटिभ केस भेट्यौं, प्रिभेन्सनका लागि सहयोग पुर्याउँछ । अब डर त छ, देश र बाँके जिल्लाको लागि गर्नै पर्ने भएकाले अहोरात्र खटिरहेका छौं । मलाई त कुरा गर्दा कुन बार हो, कति गते हो त्यो पनि थाहा छैन । आएदेखि निरन्तर खटिरहेको छु । हाम्रो पुरै टिमको अवस्था यस्तै छ ।

तपाईंहरुको सुरक्षा नि ?

हाम्रो व्यक्तिगत सुरक्षा भनेको पीपीइ हो । त्यो भेरी अस्पताले व्यवस्था गरेको छ । हामीले सुरक्षाको व्यवस्था गरेका छौं । हामीले सबै सावधानी अपनाएर काम गरेका छौं । हामी अहिले होटलमंै बसिरहेका छौं । त्यो एक किसिमको क्वारेन्टाइन नै भन्दा हुन्छ । हामी अहिले घरपरिवार त्यागेर कोरोना जाँचमा लागेका छौं ।

खजुरामा आइसोलेसन अस्पताल खुलेपछि कतिपय मान्छे त्रसित भए । भेरी अस्पतालमा पीसीआर परीक्षण सुरु भएपछि छेउछाउका मान्छे त्रसित बनेको सुनियो । कोभिडको उपचारका लागि सरकारले कोहलपुरमा स्पेशल अस्पतालको मान्यता दिएपछि चिकित्सकहरु बीच नै अफरातफरी मच्चिएको सुन्छौं, आत्तिनु पर्ने अवस्था हो र ?

पहिला त यो भाइरस कसरी सर्छ भनेर बुझ्नु पर्छ । कोरोना पोजेटिभले हाछ्यु गर्दा, खोक्दा वा संक्रमितले अरु कसैलाई छुँदा वा कुरा गर्दा सर्ने हो । त्यसैले बिरामीलाई आइसोलेसनमा राख्छौं भने त्यो वरिपरिका मान्छेहरुलाई आत्तिनुपर्ने डराउनु पर्ने केही पनि छैन । यसमा भाइरस उडेर गएर अरुलाई सर्ने केही पनि हुँदैन । वरिपरिका मान्छे आत्तिनु पर्ने जरुरी छैन ।

एकसाताका लागि भनेको लकडाउन बढ्दै जाँदा चालिस दिनपछि नेपालगन्जमा संक्रमित भेटियो । यो घटनाले अझ संक्रमणको संख्या बढ्ने सम्भावना कति छ ?

एउटा पोजेटिभ ४१ दिनमा देखिएको छ । म माइक्रोबायोलोजीको विद्यार्थी भएकाले के भन्न सक्छु भने ट्राभलबाट उहाँलाई आएको हो जस्तो लाग्दैन । उहाँलाई कम्युनिटीबाट सरेको हुनुपर्छ । यसले कम्युनिटी ट्रान्सफरको खतरा देखिएको छ । अब कन्ट्याक्ट टे«सिङ जरुरी छ । स्याम्पल आउँदैछ, हामी परीक्षण सुरु गर्छौ । रोगबाट आत्तिनु, डराउनु पर्दैन । तर, सामाजिक दुरी कायम गरेर यो भाइरसलाई परास्त गर्न सक्छौं । तर, एउटा नियममा भने हिड्नु पर्छ । नेपालमा राम्रो पक्ष भनेको हालसम्म कोरोना देखिएका सबैको स्वास्थ्य राम्रो देखिएको छ ।

रोगलाई कसरी जितेर अगाडि बढ्न सक्छौं ?

पहिलो कुरा त कोरोनाको उपचारका लागि औषधी बनेको छैन । औषधी नबनेकाले लकडाउनलाई फलो गर्नु एकदमै जरुरी रहेको छ । जति हामी घरमै बस्छौं त्यति नै हामीले अरुलाई सार्न र अरुबाट आफुलाई सर्ने सम्भावना पनि रहँदैन । त्यही भएर आफु सेफ होऊ र अरुलाई पनि सेफ बनाऔं ।


अर्को कुरा लामो समयसम्म लकडाउन पुस गर्न पनि हुँदैन होला । आर्थिक रुपमा मलाई आइडिया त छैन तर पनि देशलाई थेग्नका लागि केही न केही त चल्नै पर्छ । त्यो चल्नका लागि हामीले केही न केही आफ्नो विहेभिअर र ह्याभिट चेञ्ज गर्नुपर्ने हुनसक्छ । सामाजिक दुरी कायम राखेर काम गर्न सकिन्छ, २\३ मिटरको । भीड हुने ठाउँमा सामाजिक दुरी अनिवार्य छ । कार्यालयमा पनि दुरी कायम गरेर काम गर्न सकिन्छ । तर, अहिले चाहीँ नेपालका लागि लकडाउन अनिवार्य छ । आगामी दिनमा भविष्यमा यदी त्यस्तो आइपरेको खण्डमा हामी यो रोग के हो, कसरी सर्छ, के गर्दा सर्छ भन्ने बुझ्नु पर्छ । त्यो बुझेपछि नसर्ने उपाय अवलम्वन गर्नुपर्यो । साबुन पानीले हात धुनुपर्यो, सामाजिक दुरी कायम गर्नुपर्यो । कोरोना भाइरस भनेको मेटल, सरफेसमा पनि बस्छ । त्यसैले कतै छोयौं भने हात धोइरहनु पर्छ । जस्तो अफिस, बस, हिड्दा कतै छोएका छौं अनिवार्य हात धुनु पर्यो । हामीले आफ्नो सफासँग नधोएको हातलाई मुख, आँखा, नाक कानमा कहिल्यै पनि लग्नु हुँदैन ।

कहिलेसम्म लकडाउन बस्ने ?

सामाजिक दुरी कायम गरेर कार्यालय जान, काम गर्न सकिन्छ । अत्यावश्यकीय खाद्य सामाग्री खरिद गर्न सकिन्छ । नयाँ ढंगले व्यवस्थापन गरेर अगाडि जान सकिन्छ ।
जर्मनीको कुरा गर्ने हो भने सबै नर्मल छ । सामाजिक दुरी कायम राखेका छन् । उनीहरुले एकदम नजिक हुँदा मात्र यो रोग सर्छ भन्ने बुझेका छन् । उनीहरुले निर्बाध काम गरिरहेका छन् ।

नेपालगन्जबासीलाई के सुझाव दिनुहुन्छ ?

सबैभन्दा पहिलो मान्छेले बुझ्नु पर्ने कुरा यो भाइरस जो कसैलाई पनि लाग्न सक्छ । भाइरसले जात, धर्म, वर्ण, लिङ हेर्ने होइन । जसले लापरवाही गर्छ उसलाई लाग्न सक्छ । सामाजिक दुरी कायम नगर्ने, सरफेस टच गरेर हात आफ्नो मुखमा लग्छ, त्यस्तालाई बढी जोखिम हुन्छ । लकडाउनको पालना राम्ररी गर्नुपर्यो । आफुलाई लागेको छ भने त्यसले अर्कोलाई सार्न सक्छ, लकडाउनको पालना नगर्दा अरुबाट आफुमा सर्न सक्छ । त्यसैले अहिलेको समयमा लकडाउनको पालना गर्नैपर्छ, सामाजिक दुरी कायम गर्नैपर्छ ।
(पीसीआर ल्याब तस्वीरः प्रचण्ड गौतमको फेसबुकबाट)

प्रतिक्रिया

प्रतिक्रिया