अधिकारकर्मीद्धारा स्थलगत अनुगमन, आधारभुत मानव अधिकारमा ध्यान दिन आग्रह

कोरोनाको कहरमा मानव अधिकारको अवस्था बारे बाँके स्थित बिभिन्न संघ सस्थामा आवद्ध मानव अधिकारकर्मीहरुले मानव अधिकारका टृष्टिकोणले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा हालको समग्र मानव अधिकार अवस्थाका बारेमा अनुगमन गरेका छन् ।

अनुगमनमा अधिकारकर्मी वसन्त गौतम, फियानका अध्यक्ष अमर बहादुर ऐर, फियानका सुरेश कुमार गौतम, मानव अधिकार संगठनका प्रह्लाद बहादुर कार्की, मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी, गैसस महासंघ बाँकेका नमस्कार शाह, लगायतको सहभागिता रहेको थियो । यस क्रममा कोरोना बिरुद्धको अभियानमा स्थानिय तहले चालेका कदम, राहत बितरण प्रणाली, क्यारेन्टिनको अवस्था, स्वास्थ्यसेवा, ग्रामिण बस्तीका नागरिकले राहत प्राप्त गरे नगरेको अवस्थाका बारेमा तथ्य संकलन गरिएको थियो । यसमा क्रममा अनुगमन टोलीले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैजानाथ गाउपालिका अध्यक्ष मान बहादुर रुचालसंग भेटघाट गरि, राहत बितरण प्रक्रिया, त्यसमा लक्षित बर्गको पहुँच, स्वास्थ्य सेवा प्रवाह, क्वारेन्टिन ब्यवस्था, बस्तुतथा सेवाको अवस्था, कालोबजारी नियन्त्रण उपभोक्ता अधिकार, सार्वजनिक बाटो अवरुद्ध गरि बाटो अवरुद्ध गर्ने कार्यका बिषयमा छलफल गरिएको थियो ।.

बैजनाथ ६ दाउरेटोलको अनुगमन ः सबैले राहत नपाएको स्थानियको गुनासो अधिकारकर्मीको अनुगमन टोली बैजनाथ गाउँपालिका वडा नं ६ दाउरेटोल जसलाई २८ घर पनि भनिन्छ उक्त गाउँमा जाँदा त्यहाँका केही जनताले राहत नपाएको गुनासो गरेको अधिकारकर्मी सुरेश गौतमले जानकारी दिए । सम्झना चोकका केही युवाले गाउँपालिकाले बाड्नु भन्दा पहिले नै दाउरेटोलमा राहत बाडेकोमा पालिकासंग समन्वय नगरिकन बाडेको भन्दै प्रहरी लगायर गाउँपालिकाले राहत बितरण रोकेको भन्दै स्थानियले आरोप लगाएका थिए । दाउरे टोलका आधा जसोले राहत पाए पनि आधा जसाले अझै नपाएको स्थानिय गंगा सुनारले बताईन । स्थानिय ८२ बर्षिय तुले सुनारले आफुले राहत पाए पनि गाउँका सबैले नपाएको गुनासो गरे । स्थानिय जंग बहादुर कामी ले आफुले अझै राहत नपाएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया