प्रदेश सभा सदस्य विजय बहादुर यादवले यतिबेला बाढिएका राहत अधिकाँश चुनावी ढंगले भइरहेको गुनासो गरेका छन् । जिल्ला समन्वय समितिले आज मंगलवार आयोजना गरेको छलफलमा बोल्दै एकद्वार प्रणालीबाट राहत वितरण प्रभावकारी बनाउनु पर्ने बताए ।
सांसद यादवले कोरोनाले आतंकित पारिरहेका बेला मेरो र तेरो भन्ने छाडेर मानवजातीलाई जोगाउने कुरामा ध्यान दिन जनप्रतिनिधिको ध्यानाकर्षण गराएकका छन् । राहतका लागि नागरिकता माग गरिंदा पनि अर्काे समस्या निम्तिएको भन्दै यसबारे पुनःविचार गर्न माग गरे ।
नेपालगन्जमा गरिएको लकडाउन ४ बजेपछिमात्र हुने गरेको भन्दै नेता यादवले स्थानीय प्रशासनले कडा शब्दमा आलोचना गरेका छन् । दिनभर बजार खुल्दा कोरोनाको जोखिम नहुने हो ? सांसद यादवले नजिकै रहेका प्रजिअसंग प्रश्न गरे ।