करिब ५ हप्तादेखि नेपालीहरु लक् डाउन अर्थात् बन्दाबन्दि या घरबन्दिमा छ्न । पुरा देश उत्पादन ब्यापार व्यवसाय चौपट छ बन्द छन् । अत्याबस्यक सेवा बाहेक अरु सबै बन्द छन् । येत्रो बिधि लक्डाउनले भने अप्रत्यासित वर्षा र जाडो मौसम ले पनि देशमा राजनैतिक गर्मि बढ्न बाट रोक्न सकेको छैन । राजनीति अत्याबस्यक सेवा भित्र पर्ने भए ऐन संसोधन गरेर राख होइन भने देश लकडाउनको बेला , बेला न कुबेला यो राजनैतिक जात्रा नगरेकै राम्रो ।
महामारीको बेला देश एकजुट हुनु पर्नेमा बिनाश काले बिपरित बुद्दि भन्या जस्तो सरकार र राजनैतिक पार्टी हरुलाई अहिले विभिन्न राजनैतिक जोड घटाउ गर्दै फुर्सद छैन । अहिले केहि समयलाइ देश त पुरै लकडाउनमा छ, राजनीति लाइ केहि समय लक् डाउन गर्दा के फरक पर्छ ? बरु लक डाउन बेला अनाबस्यक राजनैतिक खिचातानी नगरेकै बेस ।
देश मा फेरी नि लक् डाउन बढाउने तयारि हुदैछ भन्ने समाचार आएका छन्। यसै सन्दर्भमा केहि छलफल जरुरि देखिएको छ। कोरोनाको संक्रमित संख्या अहिले सम्म ५१ पुगेको छ तेस्मा केहि निको भएर घर गैसकेका छन् । लक् डाउन बढाउन र यसलाई खुकुलो पार्न या मोडालिटी परिबर्तन गर्न केहि छलफल भए जस्तो भए पनि अहिले कै अप्रोच हाबी हुने जस्तो देखिन्छ । लक् डाउन लाइ अलि प्रदेश या स्थानीय स्तर मा लैजाने बिसयमा पनि गम्भीर छलफल जरुरि छ । अहिले सम्म सरकार्ले के के गर्यो तेस्को फेहरिस्त टाइम लाइन प्रकाशन / प्रशारण गर्नु जरुरि देखिन्छ । अहिले सम्म के के तयारी भए र किन लक् डाउन लम्ब्याइन्दै छ भन्ने जानकरी जनता लाइ दिनु जरुरि छ ।
मास्क र भौतिक दुरी तथा आबस्यक साबधानी अपनाउदै यार्सा गुम्बा टिप्न जान देउ ,इट्टा भट्ट , उद्योग , मिल खोल , खेति किसानी, निर्माण को काम नरोकौं ,गाउलेको स्थानीय उत्पादन जस्तै ताजा तरकारी दुध , अण्डा लगाएत्लाइ जसरि नि बजार सम्म पुर्याउने व्यवस्था गर। कोरोना कहर संगै भोकमरी, अनिकाल र अरु गरिबी ननिम्त्याउ। लक् डाउन्लाइ व्यवस्थित , व्यवहारिक र देश काल परिस्थिति सुहाउँदो बनाउ। लक् डाउन लाइ केहि परिमार्जित गरौ। हट स्पट्मा सिल गरौ। ब्लान्केट अप्रोच बाट अब अलि क्लस्टर अप्रोच्मा पनि विचार गर्नु उपयुक्त देखिन्छ । विदेश को हुबहु नक्कल गर्ने, कसी कसाउ बन्द गर्ने तर विदेश्मा जस्तो न जनतालाई पर्याप्त राहत बेलैमा दिने न कुनै आर्थिक प्याकेज र योजना हरु ल्याउने प्रभावित ब्यापार व्यवसाय , कृषि उत्पादन लगायत का क्षेत्रमा कुनै ठोस पहल अहिले सम्म भएको सुनिएको छैन । हो राजस्व्हो संकलन घटेको छ हाम्रो राज्य धनि देशहरु संग जस्तो श्र्वोत साधन छैन तर यतिको लक् डाउन गरिसके पछि केहि व्यवस्था र जनतालाई एसो अस्स्वसन विश्वास भरोसा जित्ने काम हुनु पर्यो नि ।
हो सरकार बाट केहि पहल भएका छन् तर ति जनताको आँखामा पर्याप्त छन् त ? लक् डाउन सबै थोक होइन तर संक्रमण दर कम गर्न र सबै तिर फैलिन बाट रोक्न लाइ महत्वपुर्ण कदम हो। साथै अतिआबयक तैयारी गर्न , चेक , जांच र उपचार को व्यवस्था मिलाउन पनि लक् डाउन जरुरि हो। तर अब एसो भन्दैमा लक् डाउन अहिले कै रुपमा लम्बाइराख्ने त? बेला बखत
रेड, येलो, ग्रीन जोन को कुरा पनि आइराखेका छन् । त्यो सम्ब्न्धि पनि पर्याप्त छलफल गरिनु जरुरि छ। हो , सबै भन्दा महत्वपुर्ण कुरा लक् डाउन खोल्न लाइ हाम्रो तयारी राम्रो र प्रयाप्त हुन जरुरि छ । त्यो नै पहिलो अधार हो । प्रयाप्त टेस्ट किट्स रिअजेन्त , स्वाब , उपकरण्हरु , पी सी आर मेसिन , मोबाइल टिमहरु को व्यवस्था , अस्पताल हरु को तयारी को
अबस्था सबै कुरा हेरेर निर्णय लिनु पर्ने हुन्छ । हाललाइ बोडर (सिमा नाका) बन्द गर्ने अलि लामो समय , अन्तरास्ट्रिय र रास्ट्रिय उडान अरु केहि हप्ता स्थगन गरेर परिस्थिति हेर्दै निर्णय लिने ।
हुन त अहिलेसम्म प्रयाप्त औजार , उपकरण टेस्ट किट्स , पी सी आर मेसिन लगायत को सामान हरु आइसक्नु पर्ने हो जसले लक् डाउन खुकुलो गर्न सजिलो होस् । त्यो पाटो बाट नेपाली सेना र स्वास्थ्य सेवा विभागले किन्ने भनेका सामान आइपुगेको जानकारी छैन । त्यसैले पनि लक् डाउन सम्बन्धि निर्णय गर्न अरु गाह्रो भएको हुन सक्छ । साथै भारत्को
अबस्था र जारि लक् डाउन ले पनि सरकार ले एकतर्फी निर्णय लिन भन्दा तादम्यता मिलाउन खोजे जस्तो देखिन्छ ।
जनताले सरकार लाइ साथ् दिएका छन् सरकारले पनि उपयुक्त आर्थिक प्याकेज , भोको पेट कोहि बस्नु नपर्ने अवस्था लगायत को परिस्थिति निर्माण गरोस , स्थानीय परिस्थिति , संक्रमित को संख्या , तयारी सबै थोक लेखा जोखा राखेर अब ठाउँ हेरी लक् डाउन खुकुलो पार्ने या अरु कस्ने , सिल गर्ने , पर्याप्त जांच र सम्पर्क परिक्ष्यण्को व्यवस्था गर्न जरुरि देखिन्छ । कोविद १९ को औसधि र खोप नबने सम्म यो परिस्थिति संग जुध्दै बस्नु पर्ने हुन्छ । अहिलेको अबस्थामै नियन्त्रण र रोकथाम्मा पूर्ण सफल रहन सकिए अति उत्तम हुन्छ । तैपनि अन्तरास्ट्रिय नाकाहरु खोल्ने , उडान हरु भर्ने अबस्थामा या भारत संगको सिमाना बाट संक्रमित व्यक्ति कुनै पनि बेला आउन सक्ने जोखिम को मध्यनजर राख्दै उपयुक्त तयारि र निगरानी राख्नु पर्ने देखिन्छ । लक् डाउन लाइ व्यवस्थित र जनमैत्री बनाउन जरुरि देखिन्छ । साथ साथै आबस्यक थप तयारि द्रुतगति मा गर्नु पर्ने देखिन्छ र आबस्यक सजकता र साबधानी भने सक्दो अप्नाउन पर्ने हुन्छ। बार बार साबुन पानिले हात धुने , मास्क को प्रयोग र आबस्यक भौतिक दुरी भने लामो समय सम्म अपनाउनु पर्ने देखिन्छ। (यी लेखक्का निजि विचार हुन् ।)








