नेपालगन्ज उपमहानगरपालिका फेरि घेरिएको छ । राहत नपाएको भन्दै वडा नं. २० का बासिन्दाले उपमहानगरपालिका घेरेका हुन् ।
यसअघि वडा नं. ४ का बासिन्दाले उपमहानगरपालिका घेरेपछि माग सम्बोधनका लागि सर्वदलीय संयन्त्र बनाइएको थियो । नगर उपप्रमुख उमा थापा मगरले वडा नं. ४ को जस्तै सयन्त्र बनाएर विवाद समाधान गरिने बताएकी छन् ।








