भावुक योगी
छिमेकी मुलुक भारतसँग सिमा जोडीएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको बर्दिया जिल्लामा कोरोना परिक्षण गर्ने (भिटिएम) पिसिआर किटको अभाव हुन थालेको छ । बर्दिया जिल्लामा हाल कोरोना भाइरस परिक्षण गर्ने (भिटिएम) पिसिआर किट ३ वटा रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले जानकारी दिनुभयो ।
यस्तै र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीट पनि जम्मा २ सय थान मात्र मौज्दात रहेकाले यो पनि अपुग भएको गिरीले बताउनुभयो । अहिले (भिटिएम) कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको त छैन, तर संकास्पद बिरामी आएमा कोरोना परिक्षण गर्नका लागि कीट अभाव हुने उहाँले बताउनुभयो । यसअघि २५ जनाको (भिटिएम) कीट प्रयोगबाट कोरोना परिक्षण गरिएको थियो ।
छिमेकी मुलुक भारतबाट आएका र बैदेशिक रोजगारमा गएका अथवा विभिन्न जिल्लाबाट आएकाहरुमा केही लक्षण देखिएमा वा कोरोना आशंका भएमा कोरोना परिक्षण गर्ने भरपर्दो बिधि (भिटिएम) पिसिआर कीट ३ वटा मात्रै स्टकमा हुँदा परिक्षणमा समस्या हुने देखिएको हो ।