यो महामारीको बीचमा तीन वटा काम गरिरहेका छौं । सबभन्दा पहिले महामारीलाई हाम्रो सहर, जिल्ला भित्र रोक्न, नफैलियोस् भनेर लकडाउनको काम भैरहेको छ । अर्को शंकास्पद, जोखिममा रहेका भारतबाट आएका व्यक्तिहरुलाई यहाँ क्वारेन्टाइनमा राख्ने, तेस्रो यो समस्या कारणले खाद्यान्न हुने, भोकमरीको अवस्थामा जनतालाई जोगाउन नेपालगन्ज उपमहानगरपालिका लागि रहेको छ । अहिले सम्म यी तीन वटै काम उपमहानगरपालिकाले सफलतापूर्वक गरिरहेको छ ।


भारतबाट आएकालाई दशगजामा क्वारेन्टाइन बनाएर राखेका छौं, राम्रो व्यवस्था गरेका छौं । लोकल मान्छेहरुलाई हामीले क्याम्पसमा क्वारेन्टाइन बनाएर राखेका छौं ।
लायन्स डेन्टल अस्पतालमा हामीले आइसोलेसन अस्पताल बनाएका छौं । खजुरा क्यान्सर अस्पतालमा पनि आइसोलेसन अस्पताल बनेको छ । त्यसैले कोभिड लाग्यो भनेपनि रोकथामका लागि राम्रै लकडाउन भैरहेको छ ।


अहिले साँझ, विहान केही मान्छेहरु निस्केको देखिन्छ । तर, खाना खानु पर्यो, तरकारी किन्नु पर्यो, खेती किसानीमा जानु पर्यो । अर्को कुरा मानिसहरुलाई भोकमरीबाट बचाउनु पर्यो । एक चरणमा हामीले कम्तिमा डेढ करोडको राहत हामीले बाँढिसकेका छौं ।
अर्को, चरण बाहिरबाट आएर यहाँ बसेका विद्यार्थी, मजदुरहरुको लगत लिएर राहत वितरण गर्ने चरणमा छौं ।

समस्या बढ्दै जाने देखिन्छ, तीन वटै सरकार बीच कस्तो समन्वय छ ?


राम्रै समन्वय रहेको छ । मन्त्री, सचिवसँग कुराकानी भैरहेको छ । स्थानीय निकायको मन्त्रालयका मन्त्रीज्यूसँग भिडियो कन्फ्रेन्स भैरहेको छ । तीन वटै सरकार बीचको समन्वयमा समस्या छैन ।

समन्वय नहुँदा निर्णय कायान्वयनमा अप्ठ्यारो भैरहेको हो ?


राहत भनेको साह्रै अप्ठ्यारो कुरा हो । जति बाँढे पनि पुग्दैन । नबाँढे पनि हुँदैन । पाउनेले पाउनु पर्यो । यो अप्ठ्यारो काम भएपनि विहान काम गरेर हातमुख जोर्नेलाई राहत दिनै पर्छ । राहत दिने क्रममा जति सचेतना अपनाए पनि अलिकति फरक पर्दो रहेछ । तर, हामीले म्याक्सिमम कडाईका साथ पाउनै पर्ने व्यक्तिले पाओस् भनेर अनुगमन गरेर राहत बाँढ्दैछौं । राहत बाँढ्ने क्रममा प्रदेश र संघलाई भनेका पनि छौं । प्रदेशबाट राहतकै लागि २५ लाख रुपैयाँ आउँदैछ ।

सीमापारीको अवस्थाले जोखिम बढेको छ, कत्तिको सचेत हुनुहुन्छ ?


प्रहरी, प्रशासनसँग राम्रो समन्वय छ । हामी सचेत छौं । भारतबाट लुकेर आएका व्यक्तिहरु वडामा छन् भने खोज्न र्यापिड एक्सन टिम छ । टिमले समातेर क्वारेन्टाइनमा मान्छेहरु हुल्छौं हामी । १४ दिनभएपछि छाड्छौं ।
खुला सीमाना छ । सशस्त्र, पुलिस र आर्मीले बोर्डर सिल गर्ने प्रयास गरिरहेको छ । तैपनि फाट्टफुट्ट आइरहेको समाचार हामीले पाइरहेका छौं । यहाँ मात्र होइन अन्त्य पनि यस्ता कुरा भएको छ । यूपिमा पनि अलिकति कोभिड फैलिरहेको जस्तो छ । त्यसैले बोर्डर अझै टाइट गर्नुपर्ने आवश्यकता छ ।

जनप्रतिनिधि कसरी परिचालित गर्नुभएको छ ?


जनप्रतिनिधि अहिले राहतमा व्यस्त हुनुहुन्छ । साँच्चै राहत दिनै पर्ने व्यक्ति र नपाउनु पर्ने व्यक्ति छुट्याएर लिष्ट बनाउँदै हुनुहुन्छ । राहत गाह्रो कुरा हो । सबैको अनुभव छ । राहत लिनका लागि धनाढय व्यक्ति आइरहेको पाइन्छ । त्यसैले तीन पुस्ते सार्वजनिक गर्ने भनेका हौं । जसले पाउछ पुगेन भन्छ, जसले पाउँदैन पाइँदैन भन्छ ।

यसपछिको समस्यापछि आउने समस्या समाधान गर्न तयार हुनुहन्छ ?


यो कतिदिन चल्छ भन्ने हो । यो थोरै समयलाई भयो भने १५, २० दिन एक महिना भित्र अर्थतन्त्र समालिन्छ । यो धेरै समय लम्बियो भने दुई वटा समस्या देखिन्छ । दिर्घकालीन र अल्पकालीन । मान्छेले १५ दिन यस्तै अवस्था रहे के खाने ? यो खतरनाक मोडमा आउन सक्छ । मान्छे अभद्र रुपमा प्रस्तुत हुनसक्छन् । यसलाई साधारण रुपले समाधान गर्नुपर्छ ।
स्थानीय सरकारले मात्रै समस्या समाधान गरेर हुँदैन । प्रहरी, प्रशासनले पनि गर्नुपर्छ । अहिलेसम्म साथ दिइरहेको सुरक्षा प्रशासनले । भोलि ठूलो समस्या आयो भने देशबासी, मिडिया मिलेर लाग्नुपर्छ अर्को विकल्प छैन ।

प्रतिक्रिया

प्रतिक्रिया