प्रकोप व्यवस्थापन कोष डिके मिटको ५१ हजार

डिके फुड एण्ड मिट प्रोडक्टस्ले नगरको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको छ ।

शुक्रबार डिके फुड एण्ड मिट प्रोडक्टसका संस्थापक दिलिप कुमार सोनकर उपमहानगरपालिका पुगेर नगर प्रमुख डा. धवल समशेर राणालाई ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् । त्यसक्रममा नगर प्रमुख डा. राणाले कोषमा सहयोगका लागि आभार व्यक्त गरेका थिए ।

शुक्रबार डिके फुड एण्ड मिट प्रोडक्टसका सञ्चालक दिलिप कुमारले लकडाउनको अप्ठ्यारो अवस्थामा १ लाख ७५ हजार घरभाडा मिनाह गरेको जानकारी दिएका छन् । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै कोषमा सहयोग गर्नुका साथै घरभाडा मिनाहको निर्णय गरेको दिलिपले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया