भावुक योगी
बर्दियामा कोरोना भाइरस परिक्षणका लागि ६ जनाको स्वाब परिक्षण गर्न बुटवल पठाईएको छ । बर्दियाको गुलरियाया नगरपालिकाका २ जना, राजापुरका १, ठाकुरबाबाका १, बाँसढीका १, बढैयाताल गाउँपालिकाका १ गरि ६ जनाको स्वाब परिक्षणका लगि बुटवल पठाईएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका कैलालीका युवासंगै काठमाण्डौबाट नेपालगंजसम्म आएका बर्दियाका दुई जनाको पहिचान भएको छ । पहिचान भएपछि बुधबार दुबै जनाको स्वाब परिक्षणका लागि पठाइएको छ ।
बैदेशिक रोजगारमा रहेका कैलालीका युवा गएको चैत ८ गते काठमाण्डौबाट नेपालगंज विमानस्थलमा आएको र नेपालगंजबाट गाडिमा कैलाली आएको झण्डै २ हप्तापछी कोरोनाको सामान्य लक्षण देखा परेपछी युवाको स्वाब परिक्षण पश्चात कोरोना पोजेटिभ देखिएको थियो ।
कैलालीका युवा संक्रमित भएको पुष्टी भएपछि उहाँसंगै जहाजमा चढेकाहरुको नेपाल प्रहरीले खोजी थालेको थियो । कैलालीका युवामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछी उहाँसंगै आएकाहरुको खोजी गर्दै जाँदा बर्दियाको ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाका २ जनाको स्वाब परिक्षण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।
यसैगरि अमेरिकाबाट २० दिन अघि आएका काठमाण्डौँ आएर बाँसगढीका एकजनाको पनि स्वाब परिक्षण गरिएको छ । उहाँहरुको स्वाब परिक्षणको रिपोर्ट बुटवल पठाईएको छ । तिन दिनपछी रिपोर्ट आएपछी मात्रै नेगेटिभ वा पोजेटिभ भन्ने थाहा हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यसअघि बर्दियाबट स्वाब परिक्षण गरिएका १७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
६ जना मध्ये भारतको दिल्लीबाट आएका गुलरियाका २ जना र बढैयाताल १ जनाको स्वाब परिक्षण गरिएको हो । यस्तै हिँजो गरिएको आरडिटि परिक्षण गर्दा ५२ जनाकै नेगेटिभ रिपोर्ट आएको जनाईएको छ ।








