भारतले ३ मई सम्म बढायो लकडाउन

भारतले लकडाउनको समयावधी बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दै ३ मईसम्म लकडाउन बढाएको हो ।


प्रधानमन्त्री मोदीले कोरोना विरुद्ध सरकारले गरेका कार्यहरु बारे जानकारी दिंदै लकडाउनमा सघाउन आग्रह गरेका थिए । भारतले यसअघि २१ दिन लकडाउन गरेको थियो । जुन आज ४ अप्रिलमा सकिंदै थियो ।


विश्वको तुलनामा भारत समालिएको अवस्थामा रहेको प्रधानमन्त्री मोदीले भने, भारतकै अवस्थामा कोरोना रहेका देशमा भारतको तुलनामा २५, ३० गुणा बढेपनि भारतमा भने त्यस्तो अवस्था छैन, त्यसको कारण भनेको सही समयमा सरकारको सही निर्णय हो ।


लकडाउन र सोसियल डिस्टेन्सले अवस्था भयावह नभएको प्रधानमन्त्री मोदीको दाबी थियो । आर्थिक रुपमा नोक्सान भएपनि नागरिकको स्वास्थ्य महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

२० अप्रिलसम्म लकडाउन थप कडाई गर्ने प्रधानमन्त्री मोदीले बताएका छन् । त्यस अवधी सम्म निश्चित क्षेत्रको मूल्यांकन गर्ने बताएका थिए । २० अप्रिलपछि निश्चित अवस्थाको मूल्यांकन गरी केही खुकुलो बनाउन सकिने उनले बताएका थिए । यद्यपि अवस्था बिग्रेमा पुनः कडाई हुने उनले आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए ।


भोलि बुधबार गाइडलाइन आउने र सोही बमोजिम २० अप्रिलसम्मका लागि केही निश्चित ठाउँमा खुकुलो बनाउने प्रधानमन्त्री मोदीले बताए । प्रधानमन्त्री मोदीले कृषि कार्यका लागि २० अप्रिलपछि लकडाउन खुकुलो बनाउन सकिने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया