कहाँ हराए चक्र ?

बाटोबाटै सम्पर्क बिहीन चक्र थारुको परिवार चिन्तित


बर्दिया ठाकुरबाबा नगरपालिका वडा न ३ बखतपुरका ३० बर्षीय चक्र थारु काभे्रबाट घर फर्किने क्रममा बाँकेको राप्ती सोनारी अगैयाबाट सम्पर्क बिहीन हुनु भएको छ ।
गाउँले साथीहरुसँगै ट्रकमा अगैयासम्म आएका थारु शौच गर्न जाँदा छुटेको र शुक्रबारदेखि बेपत्ता भएको हुनाले चौतर्फी खोजीका लागि आहवान गरिएको छ । भोकले रन्थनिएका थारु अगैयाबाट कोहलपुरतर्फ लागेको बताइएको छ तर, त्यसपछि कसैसँग सम्पर्क हुन सकेको छैन ।
कालो सर्ट लगाएका थारुलाई जो कोहीले फेला पारेमा नजीकैको प्रहरी चौकी, ठाकुरबाबा नगरपालिकामा खवर दिन हुन ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले जानकारी दिनु भयो । थारुको खोजीका लागि सम्वाद समूह बाँके र बर्दियाले पनि आवश्यक समन्वय र पहल गरिरहेको छ

प्रतिक्रिया

प्रतिक्रिया