देशनिर्माण र समाज विकासको मुख्य अधार पुर्वाधारको पनि पुर्वाधार शिक्षानै हो ।यसै कुरालाई आत्मसात गरि हाम्रा पुर्खाहरुले बैदिककाल देखिनै ज्ञान र सीपको स्थानान्तरण गर्न विभिन्न तौर तरिकाहरु अपनायको पाईन्छ। धार्मिकसभा वा गुरुकुल शिक्षाबाट ज्ञान तथा शिपको स्थानानन्तरण गरेको पाईन्छ।
बेदब्यास जस्ता विद्वानहरुले हाम्रैभुमिमा बेदका ऋचाहरुलेखेका थिय जुन रुपमा अहिलेपनि तेतिकै सान्दर्भिक र बिज्ञान सम्बत छन।हाम्रा पुर्विय दर्षनहरुलाई अपभ्रम्स गरेर पस्चिमा मुलुकहरुले जुन बिज्ञान र सभ्यताको बिकास गरे , प्रकृतिलाई नै आफ्नो अनुकुल बनाउने कोशिषगरेको परिणाम स्वरुप आज कोभिट १९ भाईरसको आक्रमणलाइ रोक्न चन्द्रमामा बस्तिबसाउन तम्सिएका सक्तिसालि मुलुकहरुलाई हम्मे हम्मे परिरहेको छ।यस घटनाबाट हामीलेपनि यो कुरा सिक्नजरुरि छ पस्चिमाहरुको बिकास र सस्कृतिमा लालाहित नभई आफ्नै पर्विय दर्शन, ज्ञान , सस्कृति र खानपानलाई नै अपनाउनु पर्ने शिक्षा प्रदान गरेको छ।
सम्बृद्ध नेपाल सुखि नेपालिको राष्ट्रिय आकाङ्क्षा पुरागर्न विद्वान पुर्खाका सन्तान हामीले फेरि ज्ञान र विज्ञानलाई जीवनउपयोगि गराउन नवप्रवर्धनात्मक शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । विगतका शासकहरुको अदुरदर्सिताका कारण शिक्षा र शिक्षक उपेक्षित गरियो परिणाम स्वरुप आज हामि प्रकृतिको धनि मुलुकका गरिब जनता भयका छौ ।तसर्थ विकास र निर्माणकालागि अति आवस्यक नवप्रवर्धनात्मक सोचको आधारमा जीवनउपयोगि शिक्षाको विकासका लागि शिक्षा र शिक्षकको सम्मान आजको सरकारको प्राथमिकतामा पर्नुपर्दछ।
२०७६साल चैत्र २९ गते ४१ शिक्षक दिवसको मुलनारा “सदैब अडिक पेशागत स्वभिमान मूल्य र मान्यता, काभिट 19 विरुद्धको युध्दमा सक्रिय सहभागिता” भन्ने मुलनाराकासाथ आज घरभित्रै बन्दिभएर आधुनिक प्रविधिको प्रयोग गरि भिडियो सम्बाद,बैठक र छलफल गरेर मनाईरहेका छौ ।आज भन्दा ठिक ४१ बर्ष पहिला शिक्षणसिकाई प्रकृयामा रुपान्तरण विना शिक्षाको गुणस्तर उकास्न र सार्बजनिक शिक्षाप्रणालिलाई सबलिकरण गर्न सकिँदैन।यसको नेतृत्व शिक्षकबाट मात्र सम्भबछ। त्यसको लागि शिक्षणपेशालाई मर्यादित र सम्मानित गराउनु पर्ने मागसहित शिक्षकहरुको पेशागत सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापना भएको थियो ।सोहि दिनलाई शिक्षक दिवसको रुपमा मनाउने गरिएको छ।
४१ औ शिक्षक दिवस मनाई रहदाँ नेपाल को नीति तथा कार्यक्रम मार्फत बि . स २०७६ _२०८५ लाइ सार्वजनिक विद्यालय दशकको रूपमा घोषणा गरेको छ यसलाई सार्थक बनाउन जसरि कोभिट १९ को लडाइँमा अग्र मोर्चामा स्वास्थ्यकर्मीहरु खटिएका छन् उनीहरुलाई उच्च मनोवलको आबस्यकता छ त्यसरी शिक्षण सुधारको अग्र मोर्चामा खटिने शिक्षकहरुको मनोवल बढाउन त्यत्तिकै महत्वपूर्णछ | शिक्षण सिकाइ प्रक्रियाको रुपान्तरणमा शिक्षकहरुको भूमिका केन्दीय भागमा हुन्छ शैक्षिक रुपान्तरणको नेतृत्व शिक्षक बाट नै हुनु पर्दछ र परिवर्तनका संवाहक शिक्षकलाइ मर्यादित गराउन सरकार र शिक्षक दुबैको भूमिका महत्वपूर्ण हुन्छ |
अहिले सम्म हाम्रो शिक्षाले गरि खाने स्वरोजगार सिर्जना गर्न देश भक्त दक्ष नागरिक उत्पादन गर्न नसक्दा देशको युवा र बौद्धिक शक्ति विदेश तिर पलायन भइरहेको छ बिदेशी भूमिमा आफ्नो श्रम बेच्न बाध्य भइरहेका छन् यसका लागि सार्बजनिक शिक्षामा रहेको ,,कमीकमजोरी,लाइ पहिचान गरि शिक्षालाइ गुण स्तरीय , रोजगार मूलक र प्रबिधिमैत्री बनाउन आवश्यक छ |
बदलिदो बिश्व परिवेष कोभीट- १९ कोरोनाले बिश्वलाइ दिएको सन्देश र हाम्रो देशको बर्तमान अवस्थालाइ विश्लेषण गर्दा र ४१ औ शिक्षक दिवसलाइ भिडियो संवाद द्वुवारा मनाइ रहदाँ हाम्रो शिक्षा प्रबिधिमैत्री स्वरोजगार मुखि उत्पादन मुखि र आफ्नो देश र माटोलाइ माया गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुनु पर्दछ यहाँका शिक्षण सस्थाहरुको विकास बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाको रूपमा नभई देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रूपमा विकास हुनु पर्दछ | हामि शिक्षकहरुको भूमिका शिक्षाको रुपान्तरणमा अग्रपंक्तिमा हुने भएकोले अवको शिक्षक ज्ञान हस्तान्तरण गर्न मात्र नभएर ज्ञान सिर्जना र निर्माणमा सहजीकरण गर्न सक्ने हुनुपर्दछ| बिश्वको बदलिदो परिवेषमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न आफ्नो पेशा प्रति समर्पित भाव हुनु पर्दछ|
बिषय वस्तु शिक्षण सिकाई प्रक्रिया , व्यवस्थापन ,संचार ,प्रबिधिमैत्री र पेशागत आचरण सहित आफ्नो पेशा लाइ मर्यादित बनाउन सक्नु पर्दछ | सरकारले शिक्षक र शिक्षण पेशालाई मर्यादित बनाउन सकेको खण्डमा पेशागत हक हितको लागि जन्मिएका दर्जनौं शिक्षकको पेशागत सङ्गठनहरु समेत शैक्षिक गुणस्तर सुधार पेशागत मर्यादाको लागि समर्पित हुनेछन देशमा विद्यमान् सार्बजनिक र निजि शैक्षिक सस्थांहरु नेपाल र नेपालीका भरोषाको केन्द्र वन्दै जाने छन र शिक्षकहरु शिक्षाको रुपान्तरणमा मूल अभियन्ता बन्ने छन |
कोरोना कहरको महामारी संग जुध्दै मानव सभ्यताको संरक्षण र सम्बर्द्धन गर्न र यसले सिकाएको राम्रा पक्षहरु प्रकृतिलाइ माया गर , पूर्वीया दर्शन र शिक्षालाइ माया गर ,अनि आफ्नै मातृभूमिको माटो लाइ माया गर आफ्नो देश र माटोलाइ मायाँगर्ने जनशक्ति उत्पादन गर्नमा केन्र्दित हुनुपर्दछ।, नयाँ परिवेश अनुसारको शिक्षण पद्दतिको अनुसरण गरौ आफु पनि बाचौ आफ्नो सभ्यतालाइ पनि बचाउँ भन्ने सन्देश ४१ औ शिक्षक दिवसले दिन खोजेको छ |








