आन्दोलनको तेज चलिरहेको थियो, माओवादी शान्तिवार्तामा आएका थिए, युद्ध बिरामको समय थियो । ८ बिद्यार्थी संगठनको आन्दोलन अन्तर्गत नेपालगन्जमा ब्ल्याकआउट को कार्यक्रम थियो । अनेरास्ववियु बाट रत्न खत्री, किरण ढकाल र म त्यो मोर्चा को नेतृत्वमा थियौ नेबिसघबाट प्रशान्त बिष्ट र केशव कोइरालाले अगुवाई गरेका थिए भने अखिल छैठौंका कृष्ण पान्डे अनि अखिल क्रान्तिकारीबाट द्रव्य शाहको नेतृत्व थियो ।
त्रिभुवन चोकबाट सबै बजारका बत्ती निभाउदै आउँदा हामीले सोचियो यसरी भन्दा सोझै बिधुत कार्यलयबाट डाइरेक्ट अफ गरे जिल्ला भर एक साथ ब्ल्याक आउट सफल अनि हामी लाग्यो बिधुत अड्डा । सम्भवत त्यो दिन को बढी चोट खाने नमस्कार शाह र म परेछु ।
बिधुतको अगाडि पट्टीको ढल भित्र पसेको थिए प्रहरीले देखि हाल्यो ढलको दुबै प्वालबाट बन्दुकको सङ्गीनले घोचे त्यति गर्दा पनि म बाहिर निस्किन अनि बन्दुक खड्याक खुडुक पार्दै बाहिर निस्किन्छ्स कि उडाइदिउ भन्यो म बाध्य भएर ढलबाट शरीर भरी हिलो र फोहोरका साथ निस्किए अनि शुरु भयो धुलाई, कमसेकम बन्दुकको कुन्दाले 10/15 चोटि ढाडमुनि कम्मरको नजिक हाने अनि बुटै बुट त्यतिले पनि रिस नमरेपछी एउटा असइले त समाएर गालामा कसेर एक झापड पनि दियो अनि लोड गर्यो ट्रकमा र एकचक्कर पुरा नेपालगन्ज घुमाए।
ढकेरी शसस्त्र क्याम्प मा लगेर ड्रममा उमालेर सुप खाने हो आज भन्थे माथी हेर्ने बित्तिकै बन्दुक र बुटले भुर्क्याउथे, सम्भवत त्यसरी मेरो शरीर बाट पसिना निस्केको अहिलेसम्म थाहापाएको छैन त्यो दिन त्यति निस्केको थियो । चरम कुटाइले मेरो सेतो टीसर्ट रगताम्य थियो, ट्रकबाट झार्दा नि लात्ती माथीबाट हानेर झार्यो नेबिसघ का साथी राजिव शाहले त्यो ब्यहोरे पछि डिएसपी आफैं आएर राम्रो सङ्ग झार्यो धामी थर का डिएसपी थिए ।मेरो रगत नै रगत भएको टिसर्ट खुब धुन लगायो रगत नदेखियोस भनेर।
त्यतिबेलाको वडाको इनिस्पेक्टर निकै अधर्मी थियो रातभर सिमेन्टको भुइँमा सुतायो राती ११ बजे तिर भिम बहादुर सुनार (असइ) ले एक कुकर छोला र समोसा लिएर हामीलाई खान आग्रह गरे अखिल क्रान्तिकारीका साथीहरूले खाना नखाने पुलिसले ल्याएको भनेर बहिष्कार नै गर्नुभयो असइ साप ले त्यो खुवाउन निकै फकाए, मलाई नि निकै भोक लागेको थियो कुटाइले लखतरान परेको जिउ जम्मा ३९ किलोको शरीर । मैले नि साथीहरू लाई कन्भिन्स गरे अनि मज्जाले खाइयो त्यो छोला समोसा ।
त्यो राती आन्दोलन कै बीच केहि साथीहरू प्रहरी लाई झुक्याएर भाग्न सफल हुनुभयो कृष्ण पान्डे, प्रसान्त बिष्ट, रत्न खत्री अनि केशव कोइराला सहित केही बाकी सबै हामी पक्डाउ परियो । गजब त के भने हामिसहित एकजना अलि पाको उमेर का ब्याक्ती नि पक्डाउ खाए ट्रकमा कोचेपछी खुब कुट्यो उनलाई कारण थियो उनलाई पुलिस ले सोधपुछ गरेको जवाफ उनी दिदैन थिए अनि माओवादी कमान्डर भन्दै गोद्थ्यो पुलिस मैले बोल्न खोज्दा मलाई दुई बुट दियो पछि मैले पुलिसलाई भने उनी त बिधुत अगाडिको चिया पसलमा काम गर्ने लाटा दाइ हुन् उनी बोल्न सक्थेनन पुलिसले कमान्डर ठानेर खुब कुट्यो उनलाई नि ।२०५९ चैत २८ मैले त बिर्से को थिए आज नमस्कार शाहजिको फेसबुक पोस्टले सम्झिए अनि त्यो आन्दोलनको चिनो बन्दुकको कुन्दा को छाप त मेरो कम्मरमा छ्दैछ साथमा कम्मर र ढाड दुख्ने ब्यथा पनि।








