खजुरा : खाली हुँदै क्वारेन्टाइन, तयारी अवस्थामा आइसोलेसन

बाँकेको खजुरामा बनाइएको क्वारेन्टाइन खाली हुँदै गएको छ । विदेशबाट आएका नागरिकलाई राख्नका लागि बनाइएको क्वारेन्टाइन बिस्तार खाली हुन थालेको छ ।


‘१५ दिन क्वारेन्टाइनमा राखेपछि क्रमश घर फर्काइरहेका छौं’, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘हाल ५३ बेडको क्वारेन्टाइनमा २१ जना हुनुहुन्छ ।’
त्यस्तै, खजुरामा आइसोलेसन अस्पताल पनि तयार भएको छ । क्यान्सर अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तयार गरिएको छ ।


अस्पतालमा ६ वेड आइसियु, ३ वेड भेन्टिलेटर, नर्मल ४० वटा बेड रहेको अध्यक्ष कक्षपतिले जानकारी दिएका छन् । ‘महिला र पुरुषका लागि छ्ुट्टाछुट्टै बेडको व्यवस्था गरेका छौं’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया