तपाई यहाँ किन हुनुहुन्छ ? कहाँ र के कामले जान लाग्नु भएको हो ? तपाईले लकडाउन उल्लंघन गर्नुभयो ? हात माथि उठाउनुस् ।

यो संवाद मंगलबार नेपालगन्जमा सडकमा भेटिएका प्रहरी र सडकमा हिड्नेहरुको हो । प्रहरीले नेपालगन्जमा लकडाउनबाट आजित भएर सोधपुछ गरी नियन्त्रणमा लिन सुरु गरेको छ । मोटरसाइकलको चाबी खोस्न थालेको छ ।

मंगलबार नेपालगन्जका विभिन्न ठाउँबाट प्रहरीले ४८ जनालाई नियन्त्रणमा लिएको छ । जसमा दुई महिला पनि छन् । विना काम हिडेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

















