लकडाउन : अटेरीले हैरान प्रहरी, मोटरसाइकलको चाबी खोसिंदै

गत बिहीबारदेखि लकडाउन केही खुुकुलो बनाउने निर्णय सरकारले गरेसँगै नेपालगन्जमा मानिसहरु मनपरी रुपमा घर बाहिर निस्कन थाले । प्रहरीले जथाभावी मानिसहरु घरबाहिर निस्कने, सवारी साधन चलाउने गरेपछि पुनः कडाई थालेको छ ।

खासगरी साँझको समयमा अत्यावश्यक सामाग्री खरिदका लागि लकडाउनमा केही ढिलाई दिइँदै आएको छ । तर, त्यसको फाइदा उठाउँदै मानिसहरु घुम्नका लागि सडकमा निस्कने, समूहमा भेला भई गफ गर्न थालेपछि प्रहरीले कडाई गर्न थालेको हो ।

‘अत्यावश्यक कामका लागि हिड्नेलाई नरोक्ने नीति हो’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओली भन्छन्, ‘तर, त्यसैका आडमा जथाभावी गर्न थालेको पाइन्छ ।’ उनी हात जोडेर बिन्ति गर्दा पनि मानिसहरुबाट अटेरी भैरहेको बताउँछन् । प्रहरीले शनिबार चोकचोकमा यातायातका साधन रोकेर किन र कहाँ जान लागेको सोधपुछ गरेको थियो । ‘अत्यावश्यक कामले हिड्ने सवारीलाई छाड्ने विना काम पनि मानिस हिड्ने गरेको पाइयो’, एसपी ओलीले भने, ‘त्यसैले कडाई गर्न थालेका हौं ।’

प्रहरी प्रमुख ओलीले मानिसहरुलाई घरमै बस्न र कुनै समस्या भए सिधै प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेका छन् । ‘घर बाहिर ननिस्कनुस्, केही अत्यावश्यक भए प्रहरीलाई खबर गर्नुस् हामी घरमै तपाईलाई आवश्यक वस्तु पुर्याइदिन्छौं’, उनले भने ।

फाइल भिडियो

प्रतिक्रिया

प्रतिक्रिया