कोरोना संक्रमणविरुद्धका संयन्त्र अनुगमन


प्रदेश ५ का सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वराल सहितको उच्चस्तरीय टोलीले शनिबार बाँकेमा रहेका कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमण विरुद्धका संयन्त्रको अनुगमन निरीक्षण गरेका छन् ।
मन्त्री वराल, प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापामगर, खजुरा गाँउ पालिका अध्यक्ष किस्मत कुमार कक्षपति, बाँके प्रहरी प्रमुख विर बहादुर ओली, भेरी अस्पताल प्रमुख डा. प्रकाश थापा लगायतले भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालमा भइरहेको आइसोलेसन अस्पतालको तयारी र दशगजास्थित क्वारेन्टाइनमा भइरहेको ब्यवस्थापनको अनुगमन गरेका हुन् ।

दशगजास्थित क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ जानकारी लिइँदै


भेरी अस्पतालमा कोरोना भाइरस (कोभिड(१९) परिक्षण प्रयोगशाला तयार गरिंदैछ । मन्त्री बरालले भेरीमा स्वास्थ्य उपकरण पोर्टेबल आरटी पिसिआर राखिने पूर्व तयारीको चासो राखेका थिए । डा. थापाले पिसिआर मेसिन राख्ने ठाउँको अनुगमन गर्दै मन्त्री बरालले अस्पताल र मेसिनका बारेमा जानकारी दिएका थिए । डा. थापाले द्रुत गतिमा काम भइरहेको र अबको एक हप्ता भित्रमा पिसिआर मेसिनबाट काम शुरु गर्ने गर्न सकिने बताए ।

भेरीको कोरोना परीक्षण प्रयोगशालामा मन्त्री बराल सहितको टोली अनुगमनका क्रममा शनिवारh


मन्त्री बरालसहितको टोलीले खजुरामा रहेको क्यान्सर अस्पताल र दशगजास्थित क्वारेन्टाइनको पनि अनुगमन गरेको थियो । प्रदेश सरकारले खजुरा क्यान्सर अस्पताललाई पुर्ण आइसोलेसन अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ । भेन्टिलेटर राख्ने ठाउँ र आइसियु बेडबारे आइसोलेसन प्रमुख डा. प्रकाश थापाले ब्रिफीगं गरेका थिए ।

भेरीको कोरोना परीक्षण प्रयोगशालामा मन्त्री बराल सहितको टोली अनुगमनका क्रममा शनिवार

मन्त्री बरालले सरोकारवालाहरुसँग कोराना विरुद्धका संयन्त्रहरुको तयारीबारे छलफल पनि चलाएका थिए । अनुगमनपछि आवश्यक सक्रियताका लागि मन्त्री बरालले निर्देशन पनि दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया